
नेपाली फिल्म क्षेत्र राज्यबाट सधैं उपेक्षामा पर्ने गरेको छ । कोरोना महामारीको समयमा सरकारले फिल्म क्षेत्रप्रति देखाएको उदासिनताले नै यस क्षेत्रलाई राज्यले कति गम्भीर रुपमा लिएको छ भन्ने प्रस्ट्याउँछ । लकडाउनको समयमा फिल्ममा श्रम गरेर गुजरा चलाउने प्राविधिकहरुलाई बिहान बेलुका हातमुख जोर्न समस्या हुँदा उनीहरुले देशमा सरकार छ भन्ने महशुस समेत गर्न पाएनन् ।

राज्यले कलाकारहरुलाई राष्ट्रका गहना भन्ने गरेको छ । राजनीतिज्ञहरुबाट यो कुरा सुन्दा हरेक कलाकारको छाती गर्वले फुलिन्छ । तर, कला, साहित्य, संगीतलगायतका क्षेत्रमा योगदान पुर्याउने कलाकारहरुले राज्यबाट विशेष संरक्षण र सुविधा पाउन सकेका छैनन् । राज्यले कलाकारहरुलाई चाहिँदा प्रयोग गर्ने र नचाहिँदा फुकालेर फ्यालिदिने गहनाको रुपमा मात्र प्रयोग गर्दै आएको छ ।

गायिका अञ्जु पन्तले दोस्रो विवाह गर्ने भएकी छिन्। गायक तथा संगीतकार मनोजराजसँगको सम्बन्ध टुटेपछी एक्लो जीवन बिताउँदै आएकी अञ्जुले पत्रकार थीर कोइरालासँग विवाह गर्न लागेकी हुन्।

सुपरस्टार प्रभास र पूजा हेगडे स्टारर फिल्म ‘राधे श्याम’ को टिजर सार्वजनिक भएको छ । आइतवार प्रेम दिवसको अवसरमा फिल्मको टिजर सार्वजनिक गरिएको हो । ५२ सेकेण्डको टिजरमा प्रभास र पूजाको एकअर्काप्रति प्रेम आशक्ति देखाइएको छ । टिजरसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि ‘बुक’ गरेको छ । फिल्म आउँदो ३० जुलाई (साउन १५) मा रिलिज हुनेछ ।

विगत २५ वर्षदेखि नेपथ्यमा बसेर नेपाली फिल्ममा स्पट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुँयाल अब निर्माता बन्ने भएका छन् । उनी फिल्म ‘प्रेमगन्ज’ बाट निर्माता बन्न लागेका हुन् । आइतवार प्रेम दिवस (भ्यालेनटाइन डे) को अवसर पारेर सामाजिक सञ्जालको माध्यमबाट फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । फिल्म पूर्णत प्रेमकथामा आधारित हुने बताइएको छ ।

दिनेश राउत निर्देशित तथा सुवास गिरी निर्मित ‘नोभेम्बर रेन’ २०७१ सालको व्यवसायिक र समीक्षात्मक रुपमा सफल भएको फिल्म हो । लभस्टोरी ड्रामामा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ मुख्य भूमिकामा थिए । यसलाई उनीहरुको करिअरको उत्कृष्ट फिल्म मानिन्छ । अब निर्माता गिरी यो फिल्मको दोस्रो पार्ट अर्थात् सिक्वेल निर्माणको तयारीमा जुटेका छन् ।

