Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7183 - 7188 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-02-12, शुक्रवार

अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री अभिनीत लभस्टोरी फिल्म ‘कृष्ण लीला’ को पहिलो गीत सार्वजनिक भएको छ । आउँदो चैत २७ लाई प्रदर्शन मिति घोषणा गर्दै शुक्रवार सार्वजनिक गरिएको ‘कुनै दिन’ बोलको रोमान्टिक गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । पुरुषोत्तम ढुंगेल र नारायण सापकोटाको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2021-02-12, शुक्रवार

निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा प्रायः स्टार कलाकार हुने गरेका छन् । फिल्म ‘स्टुपिड मन’ मा त्यसबेलाका चल्तीका दुई अभिनेता जीवन लुईटेल र नीरज बराललाई एक्सन-कट गरेका उनले फिल्म ‘ऐश्वर्या’ मा एक समयमा स्टार अभिनेता रमेश उप्रेतीसँग काम गरेका थिए । त्यस्तै, फिल्म ‘क्याप्टेन’ मा उनले अहिलेका हटकेक अभिनेता अनमोल केसीलाई निर्देशन गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-12, शुक्रवार

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्रेम सम्बन्धमा रहेको कुरा कसलाई थाहा नहोला र ! तीन वर्षदेखि एकअर्काको प्रेममा रमाइरहेको यो जोडी पर्दामा समेत छुटिन सकेको छैन । फिल्म ‘मासु भात’ बाट सुरु भएको उनीहरुको सहकार्यले ‘पोइ पर्‍यो काले, माइकल अधिकारी, तीन जन्तु’ सम्म निरन्तरता पायो । यो निरन्तरता टुट्ने छाँट भने देखिएको छैन। 

फिल्मीखबर, काठमाडौं, 2021-02-11, बिहिवार
नेपाली फिल्म निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने नेपाली फिल्म ‘तिमीसँगै हुने मन छ’बाट मुम्बईका रोहित सुचान्तीले डेब्यू गर्ने भएका छन् । रोहित ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखंगे हम नयाँ’ लगायत आधा दर्जन टेलिसिरियलका लिड अभिनेता हुन् । साथै उनले रियालिटी शो बिग बोस १२ मा भाग लिएका थिए । 
एजेन्सी, मुम्बई, 2021-02-10, बुधवार

अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो संस्मरण ‘अनफिनिश्ड’ का कारण चर्चामा छिन् । यो किताबमा उनले आफ्नो पर्सनल र प्रोफेशनल लाइफसँग जोडिएका कयौं खुलासा गरेकी छन् । यसमध्ये एक किस्सा बलिउडका एक निर्माता तथा निर्देशकको छ, जोसँग उनी पहिलो पटक मिलेकी थिइन् । ती निर्देशकले उनलाई ब्रेस्टसहित तीन अंगको सर्जरी गराउन सल्लाह दिएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2021-02-10, बुधवार

शंकर कार्कीले निर्देशन गर्न लागेको फिल्म ‘सत्यम्’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । फिल्ममा यसअघि नै अभिनेताद्वय राजेश हमाल र अनुप विक्रम शाही फाइनल भइसकेका छन् । अब अहिलेका हटकेक अभिनेता पल शाहको पनि प्रवेश भएको छ । कथावस्तु र आफ्नो भूमिका मन परेपछि उनले फिल्म साइन गरेको निर्माता रेशम सापकोटाले जानकारी दिए ।

Results : 7183 - 7188 of 23775
Most Visited News (monthly)