Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राज कपूरका छोरा राजिवको निधन

एजेन्सी, मुम्बई, 2021/02/09
 
बलिउड अभिनेता ऋषि कपूर र रणधीर कपूरका भाई राजिव कपूरको ५८ वर्षको उमेरमा मंगलवार हृदयघातका कारण निधन भएको छ । भारतको इनलेक्स जनरल हस्पिटलमा उपचारको क्रममा उनको निधन भएको हो । सन् १९६२ अगस्ट २५ मा भारतको चेम्बूरमा जन्मिएका राजिवले १९९३ मा रिलिज भएको फिल्म ‘एक जान हैं हम’ बाट अभिनय करिअर सुरु गरेका थिए । 
 
सन् १९९५ मा पिता राज कपूर निर्देशित अन्तिम फिल्म ‘राम तेरी गंगा मैली’ मा मुख्य भूमिका निर्वाह गरेपछि चर्चामा आएका उनले यसपछि कयौं फिल्ममा काम गरे तर सफलता हासिल गर्न सकेनन् । उनले ‘आ अब लौट चलें, प्रेम ग्रन्थ, हिना’ जस्ता फिल्मको निर्माण समेत गरेका छन् । ‘ग्रन्थ’ मा ऋषि कपूरको मुख्य भूमिका थियो, जसको निर्देशक राजिव स्वयंले गरेका थिए । 
 
रणधीर कपूरले राजिव कपूरको निधनको खबरलाई पुष्टि गर्दै भनेका छन्, ‘मैले आफ्नो भाई गुमाएँ । डाक्टरले उसलाई बचाउन पूरै कोशिश गरेका थिए तर बचाउन सकेनन् ।’ त्यस्तै, स्वर्गीय ऋषि कपूरकी श्रीमती नीतू कपूरले पनि इन्स्टाग्राममा राजिव कपूरको फोटो शेयर गर्दै उनको निधनको खबरलाई पुष्टि गरेकी छन् । उनको निधनले यतिबेला बलिउड शोकमा डुबेको छ । 
Most Visited News (monthly)