Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्पट ब्वाई राजुले ‘प्रेमगन्ज’ बनाउने

फिल्मीखबर, काठमाडौं, 2021/02/14
 
विगत २५ वर्षदेखि नेपथ्यमा बसेर नेपाली फिल्ममा स्पट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुँयाल अब निर्माता बन्ने भएका छन् । उनी फिल्म ‘प्रेमगन्ज’ बाट निर्माता बन्न लागेका हुन् । आइतवार प्रेम दिवस (भ्यालेनटाइन डे) को अवसर पारेर सामाजिक सञ्जालको माध्यमबाट फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । फिल्म पूर्णत प्रेमकथामा आधारित हुने बताइएको छ ।
 
परिच्छेद सेनको निर्देशनमा बन्ने फिल्मका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । फिल्मका लागि अहिलेसम्म कलाकार भने छनोट भएका छैनन् । चलचित्र चौतारीको ब्यानरमा फिल्म निर्माण हुनेछ । थुप्रै सर्ट फिल्महरुको निर्देशन गरिसकेका सेनले यसअघि फिचर फिल्म ‘म’ निर्देशन गरेका थिए । लभस्टोरी जनरामा निर्माण हुने ‘प्रेमगन्ज’ लाई उत्कृष्ट बनाउने उनको दाबी छ ।
 
पहिलो पटक फिल्म निर्माणमा हात हाल्न लागेका राजु अहिले एक भोजपुरी फिल्मका लागि भारतमा छन् । उनले अहिलेसम्म लगभग तीन सय बढी फिल्ममा स्पट ब्वाईको रुपमा काम गरिसकेका छन् । उनी फिल्म क्षेत्रमा पाइला राख्दा जम्मा ११ वर्षका थिए । आफ्नो जीवनको आधा हिस्सा फिल्म क्षेत्रलाई सुम्पिएका राजुलाई अब फिल्म क्षेत्रले के दिन्छ ? त्यो भने हेर्न बाँकी छ ।
Most Visited News (monthly)