
दर्शकलाई प्रेम गर्न सिकाउने निर्देशकको रुपमा चिनिन्छन्, दिनेश राउत । उनले आफ्ना फिल्ममार्फत् प्रेमका विविध आयामहरुलाई सरलतापूर्वक बुझाउने प्रयत्न गरेका छन् । ‘नोभेम्बर रेन र क्लासिक’ मा तन्नेरी पुस्ताको प्रेमलाई मनछुने ढंगबाट देखाएका उनले ‘प्रसाद’ मा सामाजिक विषयवस्तुलाई प्रेममा घोलेर पस्किए । अब फिल्म ‘प्रकाश’ मा उनले नयाँ प्रयोग गर्दैछन् ।

चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने (६, ७ र ८) फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु भएको छ । बिहीवार चलचित्र विकास बोर्डको सभा हलमा एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन गरिएको हो । बोर्डको नवनिर्मित ‘नवरस हल’ मा सुरु भएको कार्यशालामा ४० बढी पत्रकारहरु सहभागी रहेका छन् ।

साउथ फिल्मका ‘स्टाइलिस स्टार’ अल्लू अर्जुन आफ्नो नयाँ फिल्म ‘पुष्पा’ का कारण चर्चामा छन् । १३ अगस्ट २०२१ मा प्रदर्शन हुन लागेको फिल्म हिन्दीसहित पाँच भाषामा निर्माण हुँदैछ । सुकुमार गुरुले फिल्मको निर्देशन गर्नेछन् । यसअघि उनले अल्लू अर्जुनसँग ‘आर्य र आर्य २’ जस्तो सुपरहिट फिल्म दिइसकेका छन् । ‘पुष्पा’ मा रश्मिका मन्दानाको पनि अभिनय रहनेछ ।

एक समय निर्देशक दीपक श्रेष्ठ हिट फिल्मका ग्यारेन्टी मानिन्थे । प्रायः स्टार कलाकारलाई लिएर फिल्म बनाएका उनले एकसेएक सुपरहिट फिल्म दिएका छन् । ‘पहिलो पहिलो माया, तकदिर, पापी मान्छे, पर्खि बसेँ, हिम्मत’ जस्ता दर्जनौं फिल्मको निर्देशन गरेका उनले केही फिल्ममा आफैंले अभिनय पनि गरेका छन् । पारिवारिक र एक्सन फिल्ममा उनी बढी दख्खल मानिन्छन् ।

फिल्मको कथामा सुहाउँदो पात्रका लागि अडिसनबाट कलाकार छनोट गर्ने गरिन्छ । हलिउड/बलिउडतिर अभिनयमा आफूलाई प्रमाणित गरिसकेका कलाकारहरुले समेत फिल्मका लागि अडिसन दिने गरेका छन् । यसको एउटा उदाहरण हो, अभिनेता आमिर खान अभिनीत फिल्म ‘लाल सिंह चढ्ढा’ । यो फिल्मका लागि अभिनेत्री करीना कपूर खानले अडिसन नै दिएकी थिइन् ।

लभस्टोरी फिल्म निर्देशनमा आफूलाई अब्बल सावित गरेका दिनेश राउतले फिल्म ‘प्रसाद’ बाट भने आफ्नो ट्याक परिवर्तन गरे । यो फिल्ममा प्रेमसँगै देशमा वर्षौंदेखि जरा गाँडेर बसेको जातीय विभेद र निःसन्तान दाम्पतिको कथालाई प्रधानताका साथ उठान गरिएको थियो । अब निर्देशक राउत नयाँ फिल्म ‘प्रकाश’ मा पनि सामाजिक विषयवस्तुलाई पर्दामा उतार्ने प्रयास गर्दैछन् ।

