Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

अनमोललाई ‘नोभेम्बर रेन २’ को अफर

फिल्मीखबर, काठमाडौं, 2021/02/14
 
दिनेश राउत निर्देशित तथा सुवास गिरी निर्मित ‘नोभेम्बर रेन’ २०७१ सालको व्यवसायिक र समीक्षात्मक रुपमा सफल भएको फिल्म हो । लभस्टोरी ड्रामामा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ मुख्य भूमिकामा थिए । यसलाई उनीहरुको करिअरको उत्कृष्ट फिल्म मानिन्छ । अब निर्माता गिरी यो फिल्मको दोस्रो पार्ट अर्थात् सिक्वेल निर्माणको तयारीमा जुटेका छन् । 
 
फिल्मका लागि मुख्य भूमिकामा अभिनेता अनमोल केसीलाई अफर गरिएको छ । शनिवार साँझ निर्माता गिरीले अनमोल र उनका पिता भुवन केसीसँग भेट गरेका थिए र त्यही क्रममा उनले ‘नोभेम्बर रेन २’ को प्रस्ताव अनमोललाई गरेका हुन् । अनमोलले आफूलाई फिल्मबाट अफर भएको कुरा स्वीकार गरे । अनमोल र सुवासको यसअघि फिल्म ‘कृ’ मा सहकार्य भएको थियो । 
 
निर्माता गिरी ‘नोभेम्बर रेन २’ निर्माणको तयारीमा जुटे पनि उनका भरपर्दा निर्देशक मानिने दिनेश राउत भने यस विषयमा अनविज्ञ रहेछन् । यो फिल्मको बारेमा कसैले आफूसँग कुरा नगरेको उनले बताए । ‘यो कुरा म पहिलो पटक सुन्दैछु । सुवास दाईसँग यस विषयमा अहिलेसम्म कुराकानी भएको छैन,’ उनले भने । फिल्मको बारेमा बुझ्न खोज्दा निर्माता गिरीसँग भने सम्पर्क हुन सकेन ।
 
दिनेशसँगै आर्यन सिग्देलसँग पनि सुवास गिरीको राम्रो सम्बन्ध रहेको मानिन्छ । ‘नोभेम्बर रेन र क्लासिक’ मा उनीहरुको सहकार्य भएको थियो । तर, अहिले निर्माता गिरीको रोजाईमा आर्यन पर्न छाडेका छन् । उनी निर्मित दुई फिल्म ‘पर्व र कृ’ यसका ताजा उदाहरण हुन् । अब ‘नोभेम्बर रेन २’ पनि अनमोललाई अफर हुनुले आर्यनसँग सुवासको सम्बन्ध विग्रिएको चर्चा चल्न थालेको छ ।
Most Visited News (monthly)