Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अञ्जु पन्तले पत्रकारसँग विवाह गर्ने (भिडियो सहित)

फिल्मीखबर, काठमाण्डौ, 2021/02/15

गायिका अञ्जु पन्तले दोस्रो विवाह गर्ने भएकी छिन्। गायक तथा संगीतकार मनोजराजसँगको सम्बन्ध टुटेपछी एक्लो जीवन बिताउँदै आएकी अञ्जुले पत्रकार थीर कोइरालासँग विवाह गर्न लागेकी हुन्।

थीरको प्रेममा डुब्दै आएकी अन्जुले पत्रकार सामु आफू विवाह गर्न लागेको बताएकी हुन। उनले विवाह कहिले हुन्छ भनेर खुलाउन भने चाहिनन्। अहिले दुई परिवार बिच विवाहको बारेमा छलफल भईरहेको उनले बताएकी छिन्।

 

छोरी परितोशिकाका कारण अन्जुले विवाह गर्न लागेको बुझिएको छ। आफूले विवाह गरेर गएपछि आमा एक्लै हुने पीरले छोरी परितोशिकाले अन्जुलाई विवाहको दबाब दिंदै आएको बताईन्छ।

 

करिब ८ बर्ष अगाडी एक अन्तर्वाताको क्रममा थीरसँग भेट भएको बताउने अन्जुले ४ बर्षदेखि भने एकअर्का बिच राम्रोसँग चिनजान हुन थालेको बताईन्। बिगत एक बर्षदेखि भने विवाह गर्ने सोच बनाएको अन्जुको भनाई छ। आफ्नो हुनेवाला श्रीमानको बारेमा खुलेर प्रशंसा गर्दै अन्जुले भनेकी छिन्, 'नाम अनुसारकै उहाँ थीर, शान्त, शालिन, भावुक हुनुहुन्छ। उहाँले मलाई निकै चोखो माया गर्दै आउनु भएको छ र उहाँको त्यो माया प्रति म आभारी छु।'

 

Most Visited News (monthly)