
अभिनेता सुशांत सिंह राजपूतको निधनपछि बलिउडमा नेपोटिज्मको प्रश्न सबैभन्दा बढी उठ्ने गरेको छ । नेपोटिज्मका कारण प्रतिभावान कलाकारहरु पछाडि परेको बहस भइरहेको बेला चर्चित अभिनेता गोविन्दाकी छोरी टीना आहूजाले आफूले पिताबाट कुनै प्रकारको प्रोफेसनल मद्दत नलिएको बताएकी छन् । आफ्नो योग्यताको आधारमा फिल्म मिलिरहेको उनको भनाई छ ।

यतिबेला अभिनेता प्रदीप खड्का करिअरको उत्कर्षमा छन् । ‘प्रेमगीत’ सिरिज बाहेकका फिल्म नचले पनि उनीमाथिको विश्वासमा कमी आएको छैन । उनको नामले सिनेमा हलसम्म दर्शक तान्न सक्छ भन्ने विश्वासको भरमा निर्माताहरुले करोडौंको लगानी गरिरहेका छन् । स्टारडमसँगै अभिनयको मामलामा पनि केही हदसम्म अब्बल मानिने उनको युवापुस्तामा काइदाको क्रेज छ ।

फिल्म ‘बुलबुल’ बाट आफूलाई उच्च कोटीको अभिनेत्रीको रुपमा उभ्याएकी स्वस्तिमा खड्का यही फागुन अन्तिम साताबाट दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘चिसो मान्छे’ को छायांकनमा व्यस्त हुँदैछिन् । यसमा उनले बाजुराको एक दुर्गम गाउँकी महिलाको भूमिका निर्वाह गर्दैछन् । आफ्नो चरित्रलाई न्याय गर्न अहिले उनी बाजुरामा बोलिने भाषा सिकिरहेकी छन् ।

कोरोना महामारीभन्दा अगाडि हरेक हप्ताको शुक्रवार नेपाली फिल्मबीच भाले जुधाई हुने गरेको थियो । एकै मितिमा दुईभन्दा बढी फिल्म भिड्नु सामान्यझैँ थियो । तर, कोरोनाका कारण ९ महिनासम्म बन्द भएका सिनेका हल पुष १० गतेबाट खुलेपछि नयाँ फिल्मको खडेरी लागेको छ । माघ १ गते ‘एउटा यस्तो प्रेम कहानी’ रिलिजपछि कुनै नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छैनन् ।

अभिनेता अमिताभ बच्चनकी श्रीमती तथा बलिउड अभिनेत्री जया बच्चन सिल्भर स्क्रिनमा नदेखिएको वर्षौं भइसकेको छ । पछिल्लो समय राजनीतिमा बढी सक्रिय रहेकी उनले अब सात वर्षपछि अभिनयमा फर्किने निर्णय गरेकी छन् । उनले बलिउड फिल्ममा भने काम गर्न लागेकी होइनन् । पहिलो पटक मराठी फिल्ममा उनले आफ्नो अभिनय कला प्रस्तुत गर्न लागेकी हुन् ।

अभिनेता विपिन कार्की र अभिनेत्री आँचल शर्मा चितवनमा सम्मानित भएका छन् । बुधवार लक्की मिडिया हाउसको पांँचौ बार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । नेपाली फिल्म क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै विपिन र आँचललाई सम्मान गरिएको लक्की मिडियाका महाप्रबन्धक हरी कार्की ‘लक्की’ ले जानकारी दिए ।

