Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7165 - 7170 of 23775
फिल्मीखबर, काठमाण्डौ, 2021-02-16, मंगलवार

निर्देशक दिनेश राउत र अभिनेता प्रदीप खड्काबीच पहिलो पटक सहकार्य भएको फिल्म ‘प्रकाश’ को औपचारिक निर्माण घोषणा गरिएको छ । मंगलवार सरस्वती पूजाको अवसर पारेर काठमाडौंस्थित होटल याक एन्ड यतीमा एक कार्यक्रमका बीच निर्माण टिमले ‘कास्ट एन्ड क्रियू’ सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो । फिल्मलाई फागुनबाट जुम्लाको एक गाउँमा खिचिनेछ । 

फिल्मीखबर, काठमाण्डौ, 2021-02-16, मंगलवार

मनोज अधिकारीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘पर्पला’ बाट नेपाली फिल्म क्षेत्रले नयाँ अभिनेत्री पाउने भएको छ । यो फिल्मबाट झापाकी निखिला बुढाथोकीले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएकी उनी पेशाले नर्स हुन् । अष्ट्रेलियामा कुशल बेली डान्सरको रुपमा चिनिने उनले थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-02-16, मंगलवार

दीपक श्रेष्ठले सात वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेको फिल्म ‘घिन्ताङ’ मा अभिनेत्री लक्ष्मी बर्देवाको प्रवेश भएको छ । यसअघि निर्माण टिमले मुख्य अभिनेत्रीमा एलिजा गौतमलाई अनुबन्ध गरेको थियो । तर, पिता विरामी भएका कारण क्यानडा जानुपर्ने भएपछि उनले फिल्मबाट हात झिकेकी थिइन् । यसपछि निर्माण टिमले उनको ठाउँमा लक्ष्मीलाई अनुबन्ध गरेको हो ।

मनिष अन्जान, काठमाडौं, 2021-02-16, मंगलवार

महिला र पुरुषको सुन्दरतामा मेकअपको भूमिका महत्त्वपूर्ण हुन्छ । सुन्दरता निखार्न मेकअप गरिन्छ । मेकअप गर्ने तरिका मिलेन भने सुन्दरता निखारिनुको साटो कुरूप हुने सम्भावना पनि उत्तिकै हुन्छ । मेकअप आफैंमा एउटा कला हो । मेकअपको सही प्रयोगले साधारण व्यक्ति पनि विशेष देखिन्छन् । रंगिन दुनियाँमा त झन् मेकअप विनाका कलाकार भेट्न असम्भव नै हुन्छ । 

एजेन्सी, मुम्बई, 2021-02-15, सोमवार

‘डियर जिन्दगी’ पछि अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भट्टले फेरि एकपटक साथमा काम गर्ने भएका छन् । तर, यसपटक शाहरुखले आलियासँग स्क्रिन शेयर गर्ने छैनन्, उनी निर्माताको रुपमा मात्र रहनेछ । शाहरुख खानको प्रोडक्शन हाउस रेड चिलिज इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको नयाँ फिल्म ‘डार्लिङ्गस’ मा आलियाले मुख्य भूमिका निर्वाह गर्न लागेकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-15, सोमवार

कोरोनाका कारण ९ महिनासम्म बन्द रहेका सिनेमा हल गएको पुष १० गतेबाट सञ्चालनमा आए । तर, जुन अपेक्षासहित हल व्यवसायीहरुले सिनेमा हल खोल्ने निर्णय गरेका थिए, त्यसअनुरुप दर्शकको साथ मिल्न सकेको छैन । नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी र मास्टर’ ले समेत हलमा दर्शक तान्न नसक्दा तत्काल नयाँ फिल्म प्रदर्शन गर्ने आँट निर्माताले गर्न सकेका छैनन् ।

Results : 7165 - 7170 of 23775
Most Visited News (monthly)