
चलचित्र प्राविधिक संघको आयोजनामा १०औं नेफ्टा अवार्ड सम्पन्न भएको छ । शनिवार पाँचतारे होटल सोल्टीमा आयोजित अवार्ड समारोहमा फिल्म ‘छक्का पञ्जा ३ र प्रसाद’ ले महत्त्वपूर्ण ६/६ विधामा अवार्ड जित्न सफल भए ।

कुनै पनि फिल्मको सिक्वेल वा सिरिज किन बनाइन्छ ? यसको एउटै उद्देश्य हो- व्यापारिक । हिट भइसकेका फिल्मको ब्रान्ड बेच्न सजिलो हुने भएकाले निर्माताहरु नयाँ नाममा फिल्म बनाएर जोखिम उठाउन चाहँदैनन् । त्यसैले विश्व फिल्म उद्योगमा नै यतिबेला हिट फिल्मको सिक्वेल वा सिरिज बनाउने होडबाजी चलेको छ । यसबाट नेपाली फिल्म क्षेत्र कसरी अछुतो रहन सक्थ्यो र !

९० को दशककी चर्चित अभिनेत्री सोमी अलीले ‘नो मोर टियर्स’ नामको एक एनजिओ चलाउँदै आएकी छन् । यसबाट उनले बलात्कृत र यौन शोषणको शिकार भएका बच्चाहरुको स्क्यू गर्ने गरेकी छन् । बलिउड सुपरस्टार सलमान खानकी पूर्व प्रेमिका समेत रहेकी ४४ वर्षिय सोमीले एक अन्तर्वार्तामा आफू १४ वर्षको उमेरमा बलात्कारको शिकार भएको खुलासा गरेकी छन् ।

आउँदो चैत २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्ण लीला’ को शुक्रवार पहिलो पोस्टर सार्वजनिक भएको छ । ‘कुनै दिन र डियर बन्न मन छ’ गीतका कारण चर्चामा रहेको फिल्मको सार्वजनिक पोस्टरमा अभिनेता पुष्प खड्कालाई मात्र स्थान दिइएको छ । भिन्न गेटअपमा देखिएका उनको आँखामा लहराको चस्मा र हातमा कलमले बनाएको घडी देख्न सकिन्छ ।

नारी संवेदनामाथि फिल्म बनाउन कहलिएका नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ निःशुल्क प्लेटफर्म यूट्युबमा उपलब्ध भएको छ । गत वर्ष सिनेमा हलमा रिलिज भएको फिल्मलाई बिहीवार महाशिवरात्रीको अवसर पारेर बुढासुब्बाले यूट्युबमा सार्वजनिक गरेको हो । यूट्युब रिलिजसँगै फिल्मले देश तथा विदेशमा बस्ने दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।

साउथ फिल्ममा चल्तीका प्रायः सबै कलाकारले कुनै न कुनै उपाधि बोकेर बसेका छन् । रजनीकान्त, चिरञ्जीवि, प्रभास, महेश बाबू, अल्लू अर्जुन, जुनियर एनटिआर, यश, पवन कल्याण जस्ता ठूला स्टारलाई विभिन्न उपाधिहरु दिइएको छ । साउथ फिल्मको सिको गर्दै अचेल नेपाली फिल्मकर्मीहरुले पनि चल्तीका कलाकारलाई फिल्ममै विभिन्न ट्याग दिएर खुसी बनाउने गरेका छन् ।

