Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7051 - 7056 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-03-19, शुक्रवार

कोरोना महामारी नभएको हुन्थ्यो भने यतिबेलासम्म फिल्म ‘२ नम्बरी’ को छायांकन सकिएर पोस्ट प्रोडक्सनको काम समेत अन्तिम चरणमा पुगिसकेको हुने थियो । तर, कोरोनाका कारण फिल्मको छायांकन अधुरैमा रोकियो ।

एजेन्सी, अमेरिका, 2021-03-18, बिहिवार

दुई वर्ष अगाडि एकअर्काबाट कानुनी रुपमा अलगिएका हलिउड स्टार एन्जेलिना जोली र ब्राड पिटबीच बच्चालाई लिएर अदालतमा मुद्धा चलिरहेको छ । यो मुद्धामा अब नयाँ मोड आएको छ । एन्जेलिनाले अदालतमा पूर्व पतिविरुद्ध दस्तावेज पेश गरेकी छन् । उनले लेखेको दस्तावेजमा आफू र आफ्ना सन्तान ब्राड विरुद्ध घरेलू हिंसाको प्रमाण दिन तयार रहेको उल्लेख छ । 

फिल्मीखबर, काठमाण्डौ, 2021-03-18, बिहिवार

नेपालमा यदी कुनै फिल्मको सबैभन्दा धेरै सिरिज बनेको छ भने त्यो ‘नाई नभन्नु ल’ हो । यसको पाँचौं श्रृंखलासम्म निर्माण भएर प्रदर्शनमा आइसकेको छ । र, सबै सिरिज बक्सअफिसमा सुपरहिट भएका छन् । तेस्रो पार्टबाहेक बाँकी सबै सिरिजको निर्देशक विकासराज आचार्य स्वयंले गरेका हुन् । यो फिल्मको हरेक नयाँ सिरिजमा प्रमुख कलाकारहरु भने परिवर्तन हुँदै आएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-18, बिहिवार

कोरोनाका कारण ९ महिना बन्द भएर खुलेको फिल्म क्षेत्र विस्तारै पुरानो लयमा फर्किँदैछ । लकडाउन अगाडिभन्दा अहिले फिल्म निर्माणमा गति आएको छ । त्यस्तै, निर्माण भएका एकपछि अर्को फिल्मको प्रदर्शन मिति घोषणा भइरहेका छन् । तर, पुष १० गतेबाट खुलेका सिनेमा हलमा दर्शकको उपस्थिति उत्साहजनक नहुँदा कति निर्माताहरु फिल्मको रिलिज तोक्न हतारिएका छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-18, बिहिवार

फिल्ममा कथा भन्ने शैली हरेक निर्देशकको आ-आफ्नै हुन्छ । कोही प्रेमकथालाई आफ्नो विधा मान्छन् भने कसैलाई कमेडी वा एक्सन जनराका फिल्ममा काम गर्न सहज लाग्छ । तर, संसारमा हरर जनरा प्रायः निर्देशकको रोजाईमा पर्दैन । यसकारण पनि विश्वमा हरर फिल्म थोरै संख्यामा बन्ने गरेका छन् । नेपालमा त वर्षमा मुश्किलले एउटा हरर फिल्म पनि निर्माण र प्रदर्शन हुँदैन ।

एजेन्सी, मुम्बई, 2021-03-17, बुधवार

बलिउड सुपरस्टार जोन अब्राहम अभिनीत प्रतिक्षीत फिल्म ‘सत्यमेव जयते २’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । अब यो फिल्म १३ मे अर्थात् ईदमा प्रदर्शन हुने भएको छ । पहिला ईदको एक दिनपछि अर्थात् १४ मेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो । फिल्मको रिलिज डेट हेरफेर भएको जानकारी जोनले सामाजिक सञ्जालमा नयाँ पोस्टर शेयर गर्दै दिएका हुन् ।

Results : 7051 - 7056 of 23775
Most Visited News (monthly)