Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7063 - 7068 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-03-15, सोमवार

नारायणहिटी संग्रहालयभित्र रहेको सिनेमा हल अब सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । तत्कालीन राजा वीरेन्द्र शाहसहित उनका परिवारका सदस्यको हत्यापछि २०५८ सालदेखि बन्द रहेको हल सरसफाइ र रंगरोगन गरेर आउँदो वैशाखदेखि सञ्चालन गर्न लागिएको हो । २० वर्षपछि खुल्न लागेको सिनेमा हलमा सर्वसाधारणले फिल्म तथा डकुमेन्ट्रीहरु हेर्न पाउनेछन् । 

फिल्मीखबर, काठमाडौं, 2021-03-15, सोमवार

पछिल्ला छिमलका हिरोहरुमध्ये अभिनयमा अब्बल मानिन्छन्, प्रदीप खड्का । ‘प्रेमगीत’ बाट आफूलाई अभिनयमा प्रमाणित गरिसकेका उनी एकैखाले भूमिकामा सीमित भएको आरोप भने लाग्ने गरेको छ । डेब्यू फिल्मदेखि न उनले निर्वाह गरेका भूमिकामा खासै फरकपन छ न त अभिनयमा विविधता । जसले गर्दा उनी युवापुस्ताका दर्शकको घेरामा मात्र अड्किएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-15, सोमवार

अभिनेत्री केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’ का लागि कपाल मुण्डन गरेकी छन् । उनको यो लुक्सले धेरैलाई आकर्षित गरेको छ ।

एजेन्सी, मुम्बई, 2021-03-14, आईतवार

अभिनेता अक्षय कुमार र अभिनेत्री कैटरीना कैफ स्टारर कप ड्रामा ‘सूर्यवंशी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । रोहित सेट्टीले आइतवार आफ्नो ४८औं जन्मदिनको अवसर पारेर ३० अप्रिल (बैशाख १७) लाई फिल्मको रिलिज घोषणा गरेका हुन् । यो फिल्म २०२० को मार्च २४ मा रिलिज हुँदै थियो । तर, कोरोनाका कारण अन्तिम समयमा फिल्मको प्रदर्शन मिति स्थगन गरिएको थियो ।

मनिष अन्जान, काठमाण्डौ, 2021-03-14, आईतवार

कुनै समय बलिउडमा एकछत्र राज गरेकी अभिनेत्री मनीषा कोइरालाले केही दिन अगाडि एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘म पपुलर छु, मेरा धेरै फ्यान छन् भन्नु भ्रम मात्र हो ।’ यो उनी स्वयंले भोगेको अनुभव हो । करिअरको उत्कर्षमा रहँदा उनका अगाडि पछाडि दौडिने धेरै थिए । तर, क्यान्सरका कारण जीवन र मृत्युसँग लडिरहँदा उनलाई साथ दिने परिवारका सदस्य मात्रै थिए ।

फिल्मीखबर, काठमाडौं, 2021-03-14, आईतवार

एक समय नेपाली फिल्म क्षेत्रमा आफ्नो बलियो प्रभुत्व जमाएकी अभिनेत्री विपना थापा करीब एक दशकदेखि सक्रिय अभिनय जीवनबाट टाढा छिन् । भारतीय मुलका व्यक्तिसँग विवाह गरेपछि नेपाली फिल्मसँग दूरी बनाएकी उनी नेपाल भने आइरहेकी हुन्छिन् । एक छोराकी आमा समेत भइसकेकी उनी यसै साता नेफ्टा फिल्म अवार्डमा सहभागी हुन नेपाल आएकी थिइन् ।

Results : 7063 - 7068 of 23775
Most Visited News (monthly)