Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेफ्टा अवार्ड : विपिन र मेनुका उत्कृष्ट नायक-नायिका

फिल्मीखबर, काठमाडौं, 2021/03/14
चलचित्र प्राविधिक संघको आयोजनामा १०औं नेफ्टा अवार्ड सम्पन्न भएको छ । शनिवार पाँचतारे होटल सोल्टीमा आयोजित अवार्ड समारोहमा फिल्म ‘छक्का पञ्जा ३ र प्रसाद’ ले महत्त्वपूर्ण ६/६ विधामा अवार्ड जित्न सफल भए । ‘छक्का पञ्जा ३’ उत्कृष्ट फिल्म घोषित हुँदा ‘प्रसाद’ बाट विपिन कार्कीले उत्कृष्ट नायक र ‘साइँली’ बाट मेनुका प्रधानले उत्कृष्ट नायिकाको अवार्ड उचाले ।
 
 
‘छक्का पञ्जा ३’ बाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड पाउँदा ‘हरी’ ले जुरी अवार्ड पायो । त्यस्तै, पपुपल नायकको अवार्ड अनमोल केसी र पपुलर नायिकाको अवार्ड साम्राज्ञी आरएल शाहले प्राप्त गरे । कार्यक्रममा साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तमिल्सिनालाई ५१ हजार १११ नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो ।
 
२०७५ सालमा प्रदर्शित फिल्मलाई अवार्ड प्रदान गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पनको प्रमुख आतिथ्यतामा भएको अवार्ड कार्यक्रममा नयाँ तथा पुराना विभिन्न कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा चलेका कलाकारहरुको उपस्थिति भने न्यून थियो । कोरोनाले धरासायी बनेको नेपाली फिल्म क्षेत्रलाई यस अवार्डले चलायमान बनाउने विश्वास नेफ्टाले लिएको छ । 
 
यस्तो छ अवार्ड जितेको सूची :- 
 
मेकअप एन्ड हेयर : शमशेर लामा (रोमियो एन्ड मुना)
 
कस्ट्युम डिजाइनर : युबी थापा (इन्टुमिन्टु लन्डनमा)
 
कला निर्देशक : पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)
 
ब्याकग्राउन्ड स्कोर : एलिस कार्की (डमरुको डन्डिबियो)
 
ध्वनी मिश्रण : मुकेश शाह (डमरुको डन्डिबियो)
 
गीतकार : जाऊँ माया सरर, गणेश शाह (प्रसाद)
 
संगीत : जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)
 
एरेन्जर : जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)
 
गायक : जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)
 
गायिका : समिक्षा अधिकारी (नाइँ नभन्नू ल ३)
 
कथा : छक्का पञ्जा ३
 
पटकथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)
 
संवाद : सुशिल पौडेल (प्रसाद)
 
ट्रेलर : साहिल खान (ए मेरो हजुर ३)
 
भीएफएक्स : रोमियो एन्ड मुना
 
रङ संयोजन : अर्जुन कार्की (हरी)
 
आदिवासी जनजाति : प्राङ्गना (तामाङ फिल्म)
 
सह–अभिनेत्री (महिला) : सुरक्षा पन्त (गोपी)
 
सह–अभिनेता (पुरुष) : अनुप बराल (डमरुको डन्डिबियो)
 
अभिनेता–नेगेटिभ रोल : प्रमोद अग्रहरी (कथा काठमाण्डू्)
 
अभिनेता कमेडी : केदार घिमिरे (छक्का पञ्जा ३)
 
द्वन्द्व निर्देशक : चन्द्र पन्त (रणवीर)
 
नृत्य निर्देशक : कविराज गहतराज (ए मेरो हजुर ३)
 
डेब्यु अभिनेत्री (महिला) : सुहाना थापा (ए मेरो हजुर ३)
 
डेब्यु अभिनेता (पुरुष) : धीरज मगर (इन्टु मिन्टु लन्डनमा)
 
डेब्यु निर्देशक : संगीता श्रेष्ठ (कथा काठमाडौं)
 
सम्पादक : मित्र गुरुङ (कथा काठमाडौं)
 
छायांकार : चिन्तनराज भण्डारी (हरी)
 
पपुलर अभिनेत्री : साम्राज्ञी शाह
 
पपुलर अभिनेता : अनमोल केसी
 
पपुलर फिल्म : छक्का पञ्जा ३
 
जुरी अवार्ड फिल्म : हरि
 
अभिनेता : बिपिन कार्की (प्रसाद)
 
अभिनेत्री : मेनुका प्रधान (साइँली)
 
निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा ३)
 
फिल्म : छक्का पञ्जा ३
Most Visited News (monthly)