Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7057 - 7062 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-03-17, बुधवार

कोरोना महामारीका कारण करीब ९ महिना फिल्म क्षेत्रले वनबास भोग्यो । यो समयमा फिल्म निर्माण र प्रदर्शन ठप्प हुँदा फिल्म क्षेत्रले अर्बौं घाटा बेहोर्‍यो । सरकारले फिल्म क्षेत्रमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेपछि भने फिल्म निर्माणले गति लिन थालेको छ । दशैंयता एक दर्जन बढी फिल्मको छायांकन पूरा भइसकेको छ भने अहिले दिनहुँ नयाँ फिल्म छायांकनमा निस्किरहेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-03-17, बुधवार

आउँदो तीजमा नेपाली फिल्मबीच महासंग्राम हुने सम्भावना देखिएको छ । तीजलाई लक्षित गर्दै नारी दिवसको अवसरमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ ले भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । यो मितिमा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ स्टारर फिल्म ‘आइ एम ट्वान्टिवान’ पनि प्रदर्शनमा आउने चर्चा छ । 

फिल्मीखबर, काठमाडौं, 2021-03-17, बुधवार

छायांकन सुरु नहुँदै फिल्मका मुख्य नायक परिवर्तन भएको खबर बाहिरिएको छ । गायक नितेशजंग कुँवरलाई मुख्य नायक र ‘कृ’ अभिनेत्री अदिती बुढाथोकीलाई मुख्य नायिकामा अनुबन्ध गर्दै फिल्मको वर्कसप सुरु भएको थियो । अब नितेशले फिल्मबाट हात झिकेको चर्चा छ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-16, मंगलवार

कुनै समय निरुता सिंहलाई हिटको ग्यारेन्टी दिने अभिनेत्री भन्ने गरिन्थ्यो । पोस्टरमा उनको अनुहार देखेको भरमा फिल्म हेर्न हलमा दर्शक झुम्मिन्थे । अझ भनौं, फिल्म चल्न उनको नामै काफी थियो । त्यसबेला हिरो बराबर स्टारडम बनाएकी उनले कयौं यादगार फिल्म दिएकी छन् । तर, नेपाली फिल्ममा राम्रो माग हुँदा हुँदै उनी अचानक अभिनय छाडेर सुटुक्क मुम्बई हानिइन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-16, मंगलवार

चैतमा मात्र होइन, आउँदो तीजमा दुई ठूला फिल्मबीच भिडन्त हुने चर्चाले अहिलेदेखि नै फिल्म क्षेत्र तात्न थालेको छ । गत साता अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ ले भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । यही मितिमा धिरज मगर र जसिता गुरुङ अभिनीत फिल्म ‘आइ एम ट्वान्टिवान’ पनि प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको बुझिएको छ ।

एजेन्सी, मुम्बई, 2021-03-15, सोमवार

बलिउड सुपरस्टार आमिर खान स्टारर फिल्म ‘लाल सिंह चड्ढा’ को यतिबेला छायांकन भइरहेको छ । फिल्मको भारतसँगै विभिन्न देशमा छायांकन भएको छ । हिन्दीसहित अन्य भाषामा समेत निर्माण भइरहेको फिल्ममा साउथ सुपरस्टार विजय सेतुपतिले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न लागेका थिए । तर, आमिरसँग केही कुरामा मतभेद भएपछि उनले फिल्मबाट हात झिके । 

Results : 7057 - 7062 of 23775
Most Visited News (monthly)