Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सौगात भन्छन्, ‘अरु फिल्ममा ‘सुपरस्टार’ भनेर आउँदैन होला’

फिल्मीखबर, काठमाण्डौ, 2021/03/12
 
साउथ फिल्ममा चल्तीका प्रायः सबै कलाकारले कुनै न कुनै उपाधि बोकेर बसेका छन् । रजनीकान्त, चिरञ्जीवि, प्रभास, महेश बाबू, अल्लू अर्जुन, जुनियर एनटिआर, यश, पवन कल्याण जस्ता ठूला स्टारलाई विभिन्न उपाधिहरु दिइएको छ । साउथ फिल्मको सिको गर्दै अचेल नेपाली फिल्मकर्मीहरुले पनि चल्तीका कलाकारलाई फिल्ममै विभिन्न ट्याग दिएर खुसी बनाउने गरेका छन् । 
 
दुई वर्ष अगाडि फिल्म ‘ए मेरो हजुर ३’ मा अभिनेता अनमोल केसीलाई ‘मेगास्टार’ को ट्याग दिइएको थियो । सम्भवतः फिल्ममा नै कुनै नेपाली कलाकारलाई यस हिसाबले ट्याग दिइएको यो पहिलो थियो । यसपछि फिल्म ‘आप्पा’ मा अभिनेता दयाहाङ राईलाई ‘सुपरस्टार’ को ट्याग दिइयो । अब फिल्म ‘लप्पन छप्पन २’ मा अभिनेता सौगात मल्ललाई ‘सुपरस्टार’ को ट्याग दिइएको छ ।
 
पहिलो पटक कुनै फिल्मले दिएको ‘सुपरस्टार’ को ट्यागलाई सौगातले कसरी लिएका छन् त ? बिहीवार ‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने- ‘मलाई यस्ता कुराहरुको बारेमा खासै थाहा हुँदैन । म यस्ता कुरामा चासो पनि राख्दिनँ । फिल्मको टिमले आफ्नो हिसाबले ट्याग दिएको होला । यसलाई मैले सामान्य रुपमा नै हेरेको छु ।’
 
उनी अगाडि भन्छन्, ‘एकपटक चाहिँ मैले यसबारेमा किन सोचेको रहेनछु भन्ने चाहिँ पक्कै भयो । तर, एउटा फिल्ममा लेखिए पनि अर्को फिल्ममा ‘सुपरस्टार’ भनेर आउँदैन होला सायद । मलाई त्यस्तो लाग्छ । त्यसैले यसलाई मैले विशेष रुपमा हेरेको छैन ।’ हरेक प्रकारको भूमिकामा सशक्त अभिनय गर्नसक्ने खुबी भएका सौगातलाई दर्शकको ठूलो जमातले ‘सुपरस्टार’ भन्ने गरेको छ । 
Most Visited News (monthly)