Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेमी रौनकसँग गरिन् सुपुष्पाले इन्गेजमेन्ट

फिल्मीखबर, काठमाडौं, 2021/04/28
 
फिल्म ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुपुष्पा भट्टले इन्गेजमेन्ट गरेकी छन् । बुधवार ‘कबड्डी’ निर्माता रौनिक विक्रम कँडेलसँग उनले औंठी साटेकी हुन् । काठमाडौंको गैरीधारास्थित ‘सिल्भर वक बैंक्वेट’ मा सम्पन्न इन्गेजमेन्ट समारोहमा दुई पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । एक वर्षदेखि प्रेममा रहेका सुपुष्पा र रौनकले यसै वर्ष विवाह गर्ने जानकारी प्राप्त छ । 
 
उनीहरु बैशााख १७ गते इन्गेजमेन्ट गर्ने तयारीमा थिए । तर, सरकारले कोरोनाको जोखिम बढेको भन्दै १६ गतेबाट निषेधाज्ञा घोषणा गरेपछि उनीहरुले बुधवार टिकाटालो गरेका हुन् । ‘रणवीर’ पछि सुपुष्पाले फिल्म ‘छ माया छपक्कै र चपली हाइट ३’ मा काम गरेकी थिइन् । रौनक भने पछिल्लो समय फिल्म निर्माणमा सक्रिय छैनन । उनले विभिन्न व्यवसायमा हात हालेका छन् ।
Most Visited News (monthly)