Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6895 - 6900 of 23775
एजेन्सी, मुम्बई, 2021-05-03, सोमवार

अभिनेत्री कटरीना कैफले बलिउडमा आफ्नो अलग पहिचान बनाएकी छन् । २००३ मा प्रदर्शन भएको फिल्म ‘बोम’ बाट अभिनय करिअर सुरु गरेकी उनको अभिनय र नृत्यको सधैं प्रशंसा हुने गरेको छ । बलिउडकी महंगी अभिनेत्री समेत रहेकी उनको खातामा कयौं हिट फिल्म छन् । उनले केही ब्लकबस्टर फिल्म पनि छाडेकी छन्, जसमध्ये प्रायः दीपिका पादुकोणले गरेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-05-03, सोमवार

पछिल्लो समय गीतको सफलताको मानक यूट्युबको भ्युज वा ट्रेन्डिङ बनेको छ । तर, युट्युबको भ्युज वा ट्रेन्डिङले मात्र गीतको सफलता मापन गर्छ त ? यसमा दुईथरी विचार आउने गरेको छ । कसैले लाखौं भ्यूजसहित यूट्युबको ट्रेन्डिङ उक्लिएका गीतलाई सफलताको पगरी भिराउने गरेका छन् भने कोही यूट्युबमा चल्दैमा गीतलाई सफल वा उत्कृष्ट मान्न नसकिने तर्क राख्छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-05-03, सोमवार

अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकी स्टारर फिल्म ‘बाबरी’ को पहिलो चरणको छायांकन सकिएको छ । पूर्वको लेटाङबाट सुटिङ सुरु भएको फिल्मको अब नेपालमा एक गीत मात्र खिच्न बाँकी रहेको निर्मात्री पुष्पा बुढाथोकीले जानकारी दिइन् । बाँकी छायांकन सिक्किममा गर्नुपर्ने भए पनि भारतसँगका नाका बन्द भएकाले तत्काललाई सुटिङ रोकेको उनको भनाई छ ।

एजेन्सी, मुम्बई, 2021-05-02, आईतवार

बलिउड अभिनेत्री कंगना रनावतले सुपरहिट फिल्म ‘द डर्टी पिक्चर’ लाई लिएर ठूलो खुलासा गरेकी छन् । हालै एक अन्तर्वार्तामा उनले यो फिल्ममा एक एडल्ट स्टार सिल्कको भूमिका अभिनेत्री विद्या बालनभन्दा पहिला आफूलाई प्रस्ताव भएको तर समय व्यस्तताका कारण काम गर्न नसकेको बताएकी छन् । तर, यो फिल्म नगरेकोमा आफूलाई अपसोस नभएको उनको भनाई छ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-05-02, आईतवार

नेपालमा कोरोना संक्रमण उकालो लाग्दै गएको छ । दिनमै ५ हजारभन्दा बढी संक्रमित हुन थालेपछि देशैभर अस्पतालका शय्याहरु भरिँदै गएका छन् भने अस्पतालसम्म पुग्न एम्बुलेन्स समेत पाउन धौ-धौ हुन थालेको छ । उपत्यका बाहिरबाट कोरोनाको उपचारका लागि काठमाडौं आउनु परेको अवस्थामा त झन् सर्वसाधारणहरु एम्बुलेन्सलाई मात्र ५० हजारसम्म तिर्न बाध्य छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-05-02, आईतवार

विवाहको मौसम सुरु भएपछि अविवाहित नेपाली कलाकारहरुले परिवार, फ्यान र मिडियाबाट विवाहको प्रश्न पटक-पटक सामना गर्नुपर्छ । यस खालको प्रश्नमा उनीहरुसँग पनि रेडिमेड जवाफ तयार हुन्छ, ‘जहिले लगन जुर्छ, त्यहिले बिहे हुन्छ ।’ घरजम बसाएपछि करिअर डामाडोल हुने डरले कति कलाकारहरु विवाहका लागि हतार गर्दैनन् । कतिलाई भने यी कुरामा विश्वास छैन ।

Results : 6895 - 6900 of 23775
Most Visited News (monthly)