Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6907 - 6912 of 23775
एजेन्सी, मुम्बई, 2021-04-29, बिहिवार

साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘बाहुबली २’ रिलिजको ४ वर्ष पूरा भएको छ । २०१७ अप्रिल २८ मा विश्वभर एकसाथ प्रदर्शन भएको फिल्मले पहिलो दिन नै एक सय एक्काइस करोड छापेको थियो । एसएस राजामौली निर्देशित फिल्मको लाइफटाइम कलेक्सन भारु १८ सय करोड थियो । फिल्ममा प्रभासको अभिनय र एक्सनलाई दर्शकले निकै रुचाएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2021-04-29, बिहिवार

कोरोना महामारीपछि नेपाली कलाकारहरुले आम्दानीका लागि वैकल्पिक पेशा पनि रोज्न थालेका छन् । कोरोनाले फिल्म निर्माण र प्रदर्शन अन्योल भएपछि आर्थिक रुपमा बलियो रहेका कलाकारहरुले विभिन्न व्यवसायमा हात हालेका छन् । कोरोनापछि अनलाइन सपिङप्रति बढेको आकर्षणलाई मध्यनजर गर्दै अभिनेत्री साम्राज्ञी आरएल शाहले अनलाइन व्यवसाय सुरु गरेकी छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-04-29, बिहिवार

हास्य साम्राज्ञीको उपाधि पाएकी बसुन्धरा भुषालले ६ महिना अगाडि अमेरिका भ्रमणको क्रममा उठेको ३ लाख २० हजार रुपैयाँ ‘चलचित्रकर्मी कल्याणकारी कोष’ मा हस्तान्तरण गरेकी छन् । बुधवार उनले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र बोर्डका सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई अमेरिकामा बसोबास गर्ने नेपालीबाट प्राप्त भएको रकम हस्तान्तरण गरेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2021-04-29, बिहिवार

मिस भारत र मिस हिमालयनकी फस्ट रनरअप रहेकी शिवानी गिरीले २०७५ सालमा प्रदर्शन भएको फिल्म ‘कहिँ कतै’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । फिल्मलाई उनकी आमा उमा गिरीले निर्माण गरेकी थिइन् । बाल्यकालदेखि अभिनयमा रुची रहेकी शिवानीमा डेब्यू फिल्मबाट ठूलो आश थियो । तर, कमजोर धरातलमा टेकेर बनेको फिल्मले दर्शक रिझाउन सकेन । 

एजेन्सी, मुम्बई, 2021-04-28, बुधवार

केही दिनयता अभिनेता कार्तिक आर्यन र निर्माता करण जोहरबीचको मनमुटावको खबरले सिंगो बलिउड तातेको छ । फिल्म ‘दोस्ताना २’ को २० दिनको छायांकन गरेपछि कार्तिकले अचानक फिल्मबाट हात झिके । यसपछि धर्मा प्रोडक्सनले अब कार्तिक फिल्मको हिस्सा नरहेको भन्दै स्टेटमेन्ट जारी गर्‍यो । करणले भविष्यमा कार्तिकसँग काम नगर्ने समेत घोषणा गरेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-04-28, बुधवार

कोरोनाको जोखिम बढेको भन्दै सरकारले बैशाख १६ गतेबाट निषेधाज्ञा घोषणा गरेपछि फिल्मका सुटिङ प्रभावित भएका छन् । राजधानीभन्दा बाहिर छायांकन भइरहेका फिल्मको अधुरैमा सुटिङ रोकेर निर्माण टिम काठमाडौं फर्किन थालेका छन् । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ को टिम भने सम्पूर्ण छायांकन सकेर जुम्लाबाट काठमाडौंतर्फ हिँडेको छ । 

Results : 6907 - 6912 of 23775
Most Visited News (monthly)