Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

अभिनेता प्रशान्त तामाङलाई मातृशोक

फिल्मीखबर, काठमाडौं, 2021/04/27
 
अभिनेता तथा चर्चित गायक प्रशान्त तामाङलाई मातृशोक परेको छ । उनकी आमा रुपा तामाङको कोरोना भाइरसका कारण निधन भएको जानकारी प्राप्त छ । दार्जिलिङको एक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । कोरोना संक्रमणका कारण निधन भएकाले प्रशान्तले अन्तिम पटक आमाको मुख समेत हेर्न पाएनन् । आमाको निधनले उनी विक्षिप्त भएका छन् । 
 
उनले फेसबुकमा लेखेका छन्, ‘एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ । हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा । आई लभ यू ।’ प्रशान्तले यो घडीमा आफूलाई बलियो रहन प्रेरित गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनी आमासँँग निकै नजिक थिए । उनले आफ्नो हातमा ‘आमा’ शब्दको ट्याटु समेत खोपाएका छन् ।
 
गत वर्ष फिल्म ‘परदेशी २’ को छायांकन सकेर दार्जिलिङ फर्किएका प्रशान्तले नेपाल बसाईको क्रममा ‘आगो पिएर बाँच्ने’ गीत रेकर्ड गराएका थिए । ‘इन्डियन आइडल ३’ को विजेता भएपछि कयौं नेपाली गीतमा आवाज भरेका उनी ‘गोर्खा पल्टन, परदेशी, निशानी, अंगालो यो मायाको, धडकन’ फिल्मका नायक समेत हुन् । अहिले उनको पाइपलाइनमा फिल्म ‘गोर्खा वारियर’ छ । 
 

Most Visited News (monthly)