
अभिनेत्री वर्षा सिवाकोटीले शनिवार फेसबुकमा स्टाटस लेख्दै नियमित व्यायाम गरेर शारीरिक र मानसिक रुपमा तन्दुरुस्त रहन आग्रह गरेकी छन् । उनले लेखेकी छन्, ‘घरभित्रै बसौं, घरकै स्वास्थयकर खाना खाऔँ, नियमित व्यायाम गरौं, शारिरीक तथा मानसिक रूपमा तन्दुरुस्त रहौं ।

कोरोना संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्जार्च भएका छन् । कमजोर महशुस भएपछि बैशाख ११ गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका उनले शुक्रवार साँझ डिस्चार्ज भएपछि भिडियो सन्देशमार्फत् सबैमा सतर्क रहन अनुरोध गरेका छन् । संसारलाई महासंकट परेको यो दुःखको घडीमा सबैले सबैलाई माया गर्न र राम्रो सोच्न उनले सुझाएका छन् ।

अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसले भारतमा भयावह रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको लडाईंमा सहयोगको हात अगाडि बढाएका छन् । अमेरिकामा रहेको यो कपलले हालै कोभिड १९ फन्डरेजरको सुरुवात गर्दै विश्वभरका मानिससँग भारतका लागि मद्दत मागेका थिए । यो अभियान सुरु गरेको २४ घन्टामा २ करोड ५० लाख सहयोग प्राप्त भएको छ ।

अभिनेता कर्मा र अभिनेत्री लक्ष्मी बर्देवा अभिनीत फिल्म ‘अनन्त’ को सुटिङ सकिएको छ । क्यामेरा ‘अन’ भएको २० दिनमा फिल्मको सुटिङ प्याकअप भएको निर्माता नवविजय श्रेष्ठले बताए । निषेधाज्ञा खुलेपछि फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु हुने उनको भनाई छ । फिल्मलाई जेसन लोप्चनले निर्देशन गरेका हुन् । यसअघि उनले केही लघु फिल्मको निर्देशन गरेका छन् ।

बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘डाँडाको बर पीपल’ को ओएसटी गीत सार्वजनिक भएको छ । ‘रुन्छ नी मेरो मन’ बोलको गीतमा राजेशपायल राई र सत्यकला राईको स्वर रहेको छ भने शिव मुखियाले संगीत भरेका छन् । गीतको भिडियोमा शिव श्रेष्ठ, गौरी मल्ल र सलोन बस्नेत फिचरिङ छन् । गीतमा माता-पिताप्रति सन्तानको प्रेमभाव व्यक्त गरिएको छ ।

२०१५ मा प्रदर्शन भएको सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेमगीत’ ले भने उनको करिअरको रुपरेखा नै बदल्यो । फिल्म बक्सअफिसमा ठिकठाक चले पनि पूजाले नसोचेको सफलता हात पारिन् । यो फिल्ममा उनले निर्वाह गरेको चुलबुले स्वभावको ‘गीत’ क्यारेक्टर अझैसम्म दर्शकको मनमा बसेको छ ।

