Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतका लागि प्रियंका र निकले उठाए २४ घन्टामा साढे २ करोड

एजेन्सी, मुम्बई, 2021/04/30
 
अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसले भारतमा भयावह रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको लडाईंमा सहयोगको हात अगाडि बढाएका छन् । अमेरिकामा रहेको यो कपलले हालै कोभिड १९ फन्डरेजरको सुरुवात गर्दै विश्वभरका मानिससँग भारतका लागि मद्दत मागेका थिए । यो अभियान सुरु गरेको २४ घन्टामा २ करोड ५० लाख सहयोग प्राप्त भएको छ ।
 
प्रियंकाले सोसल मिडियाको माध्यमबाट यो मुश्किल समयमा मद्दत गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी छन् । उनले श्रीमानसँगको एक भिडियो शेयर गर्दै इन्स्टाग्राममा लेखेकी छन्, ‘टुगेदर फर इन्डिया । तपाईंहरु सबैलाई सपोर्ट र डोनेसनका लाथि हृदयदेखि धन्यवाद । तपाईंको कन्ट्रिब्यूशन भारतमा बढिरहेको कोभिडको विरुद्ध लड्न ठूलो सहयोग मिल्नेछ । प्लिज डोनेट गर्नुहोस् ।’ 
 
प्रियंकाले आफूलाई सामाजिक सञ्जालमा पछ्याउने (फलोअर्स) लाई अपिल गर्दै अगाडि लेखेकी छन्, ‘इन्स्टाग्राममा मेरो ६३ फलोअर्स छ । एक लाखले १० डलर सहयोग गरे पनि एक मिलियन डलर हुन्छ, जुन एक ठूलो राशी हो ।’ जम्मा भएको सम्पूर्ण रकम भारतमा कोभिड केयर सेन्टर, आइसोलेशन सेन्टर र अक्सिजन जनरेशन प्लान्ट्स बनाउन खर्च गरिने उनले बताएकी छन् । 
Most Visited News (monthly)