
नेपालमा कोरोना संक्रमण भयावह रुपमा फैलिन थालेपछि काठमाडौंसहित विभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ । बुधबार मध्यरातदेखि सरकारले अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय गरेको छ । जसका कारण केही दिनदेखि त्रिभुवन विमानस्थलमा स्वदेश फर्किने पर्यटकहरुको भीडभाड देखिएको छ भने कामको शिलशिलामा विदेश जाने नेपालीहरुको पनि ठूलो लर्को छ ।

सलिनमान बुधवारबाट २६औं बसन्तमा प्रवेश गरेका छन् । २०५२ साल बैशाख २२ गते काठमाडौंमा जन्मिएका उनलाई सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको माध्यमबाट फिल्मकर्मी र प्रशंसकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

गत वर्ष लकडाउनको समयमा रोजीरोटी गुमेर हातमुख जोर्न समस्या भएका प्राविधिकहरुलाई ५ लाख बराबरको खाद्यन्न सहयोग गरेर रियल लाइफमा पनि हिरो बनेका पल शाहले अब कोरोना संक्रमितका लागि अक्सिजन ग्यास वितरण गर्ने भएका छन् । कोरोना संक्रमण बढेका कारण अक्सिजनका सिलिन्डर अभाव भएको खबर सुनेपछि उनले यो अभियान सुरु गर्न लागेका हुन् ।

हलिउड अभिनेता तथा पूर्व डब्लूडब्लूइ रेसलर ड्वेन जोनसन ‘द रक’ उपनामले परिचित छन् । उनलाई यो नाम रेसलिङका दुनियाँमा आफ्नो पावरफुल पर्सनालिटी र उपलब्धिका कारण मिलेको हो । रेसलिङबाट नाम कमाएका उनले फिल्ममा आफ्नो अभिनय क्षमता पनि देखाइसकेका छन् । तर, बाल्यकालमा आफूलाई मानिसहरुले केटी ठान्ने गरेको उनले खुलासा गरेका छन् ।

कुनै पनि क्षेत्रमा आफूलाई स्थापित गर्न संघर्षरत व्यक्तिका लागि अभिनेता पुष्प खड्का हौसलाका पात्र हुन सक्छन् । आज उनले नेपाली फिल्ममा जुन उचाई हासिल गरेका छन्, त्यो त्यसै पाएका होइनन् । यसका पछाडि उनको अथक मिहिनेत छ । संघर्षका कयौं कहाली लाग्दा पलहरु विताएका छन् । असफलतामा पनि सम्हालिएर अगाडि बढेका उनी अहिले सफलताको यात्रा छन् ।

यही बैशाख २३ गतेदेखि २७ गतेसम्म अनलाइनको माध्यमबाट हुन लागेको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले मास्टर क्लास दिने भएका छन् ।

