Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डिस्चार्जपछि मदनकृष्णले भने- ‘केही रहेनछ जिन्दगी’

फिल्मीखबर, काठमाडौं, 2021/05/01
 
कोरोना संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्जार्च भएका छन् । कमजोर महशुस भएपछि बैशाख ११ गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका उनले शुक्रवार साँझ डिस्चार्ज भएपछि भिडियो सन्देशमार्फत् सबैमा सतर्क रहन अनुरोध गरेका छन् । संसारलाई महासंकट परेको यो दुःखको घडीमा सबैले सबैलाई माया गर्न र राम्रो सोच्न उनले सुझाएका छन् ।
 
उनले भिडियोमा भनेका छन्, ‘जिन्दगी केही रहेनछ । आफ्नो शरीर फलाम जस्तो लाग्थ्यो । पहाड फोड्दिऊँजस्तो लाग्थ्यो । हावा रहेछ सबै । त्यसैले यो समयमा कसैले कसैलाई पोटिकल इखविख बोकेर आफ्नो मनलाई फोहोर नबनाऊँ । सबैले सबैको भलाई सोच्यौं भने राम्रो हुन्छ । एकले अर्काप्रति बैमनस्यताको भाव पालेर केही फाइदा छैन । राक्षसपन पलाउनु मात्र हुन्छ शरीरमा ।’ 
 
उनले आफ्नो अनुभव सुनाउँदै कोरोनाले शरीर एकदमै गल्ने बताए । उनले अगाडि भनेका छन्, ‘जिन्दगीमा कहिल्यै नभोगेको गलाइ महशुस गरेँ । पहिलाको कोरोनाले इम्यूनिटी पावर जिरो बनाउथ्यो । तर, इनर्जी पावर चाहिँ केही बाँकी रहन्थ्यो । तर, अहिलेको कोरोना ठिक उल्टो लाग्यो । इम्यूनिटी पावर केही बाँकी रहन्छ तर इनर्जी पावर शुन्य हुन्छ । शरीरमा इनर्जी नै छैन ।’
 
आफ्नो परिवारका सबै कोरोना संक्रमित भएका कारण छिमेकीले हेरचाह गरिरहेको उनले बताए । आफ्ना छिमेकी जस्तै सबैमा सहयोगी भावना हुनुपर्ने उनको भनाई छ । उनले भनेका छन्, ‘यो समयमा सबैले  प्रेमको आँखाले हेर्नुपर्छ । अहिले संसारकै दुर्दशा भइरहेको छ । सबैले मिलेर कोरोनालाई परास्त गर्नुपर्छ ।’ उनले कोरोनालाई हेलचेक्राइ नगर्न पनि आग्रह गरेका छन् ।  
 

Most Visited News (monthly)