Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डाँडाको बर पीपल’ गीतमा आमा-बुबाप्रति सन्तानको प्रेम

फिल्मीखबर, काठमाडौं, 2021/04/30
 
बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘डाँडाको बर पीपल’ को ओएसटी गीत सार्वजनिक भएको छ । ‘रुन्छ नी मेरो मन’ बोलको गीतमा राजेशपायल राई र सत्यकला राईको स्वर रहेको छ भने शिव मुखियाले संगीत भरेका छन् । गीतको भिडियोमा शिव श्रेष्ठ, गौरी मल्ल र सलोन बस्नेत फिचरिङ छन् । गीतमा माता-पिताप्रति सन्तानको प्रेमभाव व्यक्त गरिएको छ ।
 
पारिवारिक कथामा निर्माण भएको फिल्ममा रुविना थापा र राजिव जंग बस्नेतको पनि मुख्य भूमिका छ । पारिवारिक कथामा निर्माण भएको फिल्मका निर्देशक शोभित बस्नेत हुन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, गोविन्द राईको नृत्य र नवराज गिरीको शब्द रचना रहेको छ ।
 
‘डाँडाको बर पीपल’ मा शिव श्रेष्ठ र गौरी मल्लले २० वर्षपछि सँगै काम गरेका हुन् । फिल्म ‘धर्मसंकट’ पछि उनीहरुले एकसाथ काम गरेका थिएनन् । छोरा र आमा-बुबाबीचको सम्बन्धको कथामा निर्माण भएको फिल्ममा सलोनले विकट गाउँको एक सोझो गोठालोको भूमिका निर्वाह गरेका छन् । निर्माण टिमले गीत सार्वजनिक गरे पनि फिल्मको प्रदर्शन मिति घोषणा गरेको छैन । 
 
गीत हेर्नुहोस् :-
 

Most Visited News (monthly)