
‘गिव इन्डिया’ सँगको सहकार्यमा फिल्मले गर्ने आम्दानी अक्सिजनको सिलिन्डर, औषधी र भेन्टिलेटर किन्न खर्च गरिने जी इन्टरटेनमेन्ट र सलमान खान फिल्म्सले जनाएको छ । यस्तै, कोरोनाका कारण रोजगारी गुमेर समस्यामा रहेका मजदूरहरु पनि आर्थिक सहयोग गरिने बताइएको छ ।

गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई सुनधारास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो ।

नेपालको प्रतिष्ठित फिल्म महोत्सव मानिने नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) बिहीवारबाट सुरु भएको छ । यसपाली कोरोना भाइरसका कारण फेस्टिभल अनलाइनको माध्यमबाट सुरु भएको हो । ‘विश्वका कथाहरुको उत्सव’ नाराका साथ फिल्म संस्कृतिको विकास गर्ने उद्देश्य राखिएको महोत्सवको उद्घाटन सत्रमा सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्म प्रदर्शन गरिँदैछ ।

नेपालमा कोरोनाका बिरामी बढेसँगै अस्पतालहरुमा अक्सिजनको खपत बढ्न थालेको छ । संक्रमण दिनानुदिन बढ्न थालेपछि सर्वसाधारणमा भारत जस्तै नेपालमा पनि अक्सिजन अभाव हुने हो कि ? भन्ने त्रास उत्पन्न भएको छ । तर, अहिले अक्सिजन उत्पादन गर्ने उद्योगमा अक्सिजनको अभाव नभए पनि सहज रूपमा सिलिन्डर पाउन कठिनाई रहेको गुनासो सुनिन थालेको छ ।

कोरोनासँग लडिरहेका हास्य कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन् । ८ दिन ललितपुरको मेडिसिटी अस्पतालमा उपचारपछि केही दिन अगाडि डिस्चार्ज भएर घर फर्किएका उनलाई अक्सिजन लेवलमा कमी आएपछि बुधबार पुनः अस्पतालमा भर्ना गरिएको हो । अहिले श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको कलाकार हरिवंश आचार्यले जानकारी दिए ।

फिल्म ‘दृश्यम’ को आफ्नो अलग्गै फ्यानबेस छ र यो मलयालमका साथै हिन्दीमा पनि ठूलो हिट सावित भएको थियो । त्यस्तै, मलयालम फिल्म ‘दृश्यम २’ पनि सुपरहिट भइसकेको छ । अब यसको हिन्दी रिमेक निर्माण हुँदैछ । मंगलवार यो फिल्मको हिन्दी राइट्स खरिद गरिएको हो । दोस्रो पार्टमा पनि अभिनेता अजय देवगन र अभिनेत्री तब्बू मुख्य भूमिकामा रहने बताइएको छ ।

