Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माण नहुँदै कानुनी झमेलामा ‘दृश्यम २’

एजेन्सी, मुम्बई, 2021/05/05
 
फिल्म ‘दृश्यम’ को आफ्नो अलग्गै फ्यानबेस छ र यो मलयालमका साथै हिन्दीमा पनि ठूलो हिट सावित भएको थियो । त्यस्तै, मलयालम फिल्म ‘दृश्यम २’ पनि सुपरहिट भइसकेको छ । अब यसको हिन्दी रिमेक निर्माण हुँदैछ । मंगलवार यो फिल्मको हिन्दी राइट्स खरिद गरिएको हो । दोस्रो पार्टमा पनि अभिनेता अजय देवगन र अभिनेत्री तब्बू मुख्य भूमिकामा रहने बताइएको छ ।
 
तर, ‘दृश्यम २’ को हिन्दी रिमेकको अधिकार खरिद गरिएसँगै कानुनी झमेलामा फसेको छ । यसको हिन्दी राइट्स कुमार मंगतको ब्यानर पेनोरमा स्टूडियोले खरिद गरेको हो । पहिलो पार्ट भने कुमारले वायकम १८ मोशन पिक्चर्ससँग मिलेर बनाएका थिए । तर, दोस्रो पार्टको अधिकार पेनोरामा स्टुडियोलाई मात्र दिइने भएपछि बायकमले निर्माता मंगतविरुद्ध अदालतमा मुद्धा हालेको छ ।
 
वायकम १८ ले फिल्मको अधिकार कुमार मंगतसम्म मात्र नरहेको र आफूहरुलाई अलग गरेर फिल्म निर्माण गर्न नसक्ने बताएको छ । यो मुद्धाको केही दिनमा नै सुनुवाई हुने कम्पनी निकट स्रोतले जानकारी दिएको छ । २०१५ मा रिलिज भएको हिन्दी रिमेक ‘दृश्यम’ लाई स्वर्गीय निशिकान्त कामतले निर्देशन गरेका थिए । फिल्मले बक्सअफिसमा भारु १ सय १० करोड छापेको थियो ।
Most Visited News (monthly)