Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राधे’ को कमाईले अक्सिजन किनिने

एजेन्सी, मुम्बई, 2021/05/06
 
अभिनेता सलमान खान अभिनीत फिल्म ‘राधे : योर मोस्‍ट वान्‍टेड भाई’ १३ मेबाट प्रदर्शन हुँदैछ । भारतमा कोरोना संक्रमण भयावह रुपमा फैलिरहेको समयमा थिएटर र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज हुन लागेको फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन् । फिल्मको प्रदर्शन नजिकिँदै गर्दा निर्माण कम्पनी जी इन्टरटेनमेन्ट र सलमान खान फिल्म्सले ठूलो घोषणा गरेको छ । 
 
फिल्मले हल र ओटीटीबाट गर्ने कमाई कोभिड १९ को राहत कार्यमा खर्च गरिने भएको छ । ‘गिव इन्डिया’ सँगको सहकार्यमा फिल्मले गर्ने आम्दानी अक्सिजनको सिलिन्डर, औषधी र भेन्टिलेटर किन्न खर्च गरिने जी इन्टरटेनमेन्ट र सलमान खान फिल्म्सले जनाएको छ । यस्तै, कोरोनाका कारण रोजगारी गुमेर समस्यामा रहेका मजदूरहरु पनि आर्थिक सहयोग गरिने बताइएको छ ।
 
सलमान खान फिल्‍म्‍सका प्रवक्‍ताले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी यो राम्रो प्रयासको हिस्सा बन्न पाएकोमा खुसी छौं । कोभिड विरुद्ध देशको लडाईंमा हामी आफ्नो योगदान दिन चाहन्छौं । हामी गएको वर्षदेखि नै कोरोनासँग लड्न प्रयास गरिरहेको छौं । ‘राधे’ लाई सिनेमा हल र ओटीटीमा रिलिज गरेर यसको कमाई महामारीसँग लड्ने दिशामा खर्च गर्न उचित ठानेका छौं ।’
 
फिल्ममा सलमानका अलावा दिशा पाटनी, रणदीप हुडा, ज्याकी श्राफ, गोविन्द नामदेवको पनि मुख्य भूमिका रहेको छ । यो फिल्मलाई १३ मेमा घरमै बसेर जीप्‍लेक्‍स, एयरटेल टिभी, डीटूएच र टाटा स्‍काईमा 'पे पर भ्यू' फर्मेटमा हेर्न सकिनेछ । फिल्मको ट्रेलर र तीन गीत यूट्युबमा रिलिज भइसकेको छ । फिल्ममा सलमान एकपटक फेरि प्रहरी अफिसरको भूमिकामा देखिँदैछन् ।
Most Visited News (monthly)