.jpg)
गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई सुनधारास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो । २०२० सालदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रुपमा लागेका उनको ८३ वर्षको उमेरमा निधन भएको हो । आउँदो असारमा उनी ८४ वर्षमा प्रवेश गर्दै थिए । उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।
प्रधानले नेपालको पहिलो व्यवसायिक फिल्म ‘माइतीघर’ मा समावेश ‘नमान लाज यसरी’ गीत भारतीय गायिका उषा मङ्गेशकरसँग गाएका थिए । उनले फिल्म ‘जीवन रेखा’ को ‘हाँस्ने रहरहरु आँसुमा डुबे’ गीतमा पनि आवाज भरेका थिए । उनको ‘तारा मात्र होइन तिमीलाई जुन दाइजो दिइदिउँला, पर लैजाउ फूलहरु छोपिदेउ तारा जुन’ जस्ता अनगिन्ती गीत दर्शकमाझ लोकप्रिय छन् ।

