
कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिमा फैलिरहेको छ । नयाँ भेरियन्टको संक्रमण फैलिएसँगै अहिले देशभर कोरोना संक्रमणको ग्राफ उकालो लाग्दो छ । एक दिनमै ९ हजारभन्दा बढी संक्रमित र ५० जनाभन्दा बढीको मृत्यु हुने गरेको छ । देशभरका अस्पताल कोरोनाका बिरामीले भरिएका छन् । कति अस्पतालमा बिरामीलाई उपचार गर्नका लागि शय्या समेत छैन ।

नेपालमा कोरोना महामारी भयावह रुपमा फैलिन थालेपछि सामाजिक सञ्जालमा विभिन्न खाले समाचार तथा तथ्यहरु प्रवाह भइरहेका छन् । कोरोना सम्बन्धि सूचनामा कति सत्यता हुन्छन् भने बढीजसो भ्रमपूर्ण र त्रास फैलाउने खालका हुने गरेका छन् । जसले सर्वसाधारणमा मनोवैज्ञानिक त्रास फैलाएको छ । यसले मानसिक रुपमा कमजोर बनाउने चिकित्सकहरुको भनाई छ ।

९० को दशकमा बलिउडमा आफ्नो दबदबा कायम गरेका अभिनेता चंकी पान्डेलाई एक बिजनेसम्यानको निधनमा रुनका लागि लाखौं रुपैयाँ अफर भएको थियो । केही वर्ष अगाडि एक बिजनेसम्यानको निधनमा रुन आफूलाई ५ लाख अफर भएको उनी स्वयंले खुलाएका हुन् ।

अभिनेत्री श्वेता खड्का र उनका श्रीमान विजयन्द्र सिंह रावतले हाम्रो टिम नेपाललाई आर्थिक सहयोग गरेका छन् । निःशुल्क खाना वितरण र कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन जुटाउन यो जोडीले ५० हजार सहयोग गरेको हो ।

अभिनेता राजेश हमालले नेपाली जनतालाई कोरोना महामारीबाट पार लगाउन सरकारसँगै सम्पूर्ण राजनीतिक दलको ध्यान जानुपर्नेमा जोड दिएका छन् । बिहीवार सामाजिक सञ्जाल फेसबुकमा आधा घन्टा आफ्ना शुभचिन्तकहरुसँग लाइभ कुराकानी गर्दै उनले सरकारले आफ्नो सक्षमता र प्रभावकारिता देखाउने उचित समय आएका कारण यसमा गम्भीर हुन आग्रह गरेका छन् ।

बलिउड निर्देशक अनुराग कश्यपले नेपालमा फिल्म छायांकन गर्ने इच्छा रहेको बताएका छन् । बिहीवारबाट अनलाइनको माध्यमबाट सुरु भएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको उद्घाटनपछिको पहिलो सेसनमा बोल्दै उनले स्थिति सामान्य भएपछि फिल्म खिच्न नेपाल आउन सक्ने बताए । आफू नेपालका हिमश्रृङ्खलाबाट अत्यन्त प्रभावित रहेको पनि उनको भनाई छ ।

