Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनलाइनबाट सुरु भयो ‘निफ’

फिल्मीखबर, काठमाडौं, 2021/05/06
 
नेपालको प्रतिष्ठित फिल्म महोत्सव मानिने नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) बिहीवारबाट सुरु भएको छ । यसपाली कोरोना भाइरसका कारण फेस्टिभल अनलाइनको माध्यमबाट सुरु भएको हो । ‘विश्वका कथाहरुको उत्सव’ नाराका साथ फिल्म संस्कृतिको विकास गर्ने उद्देश्य राखिएको महोत्सवको उद्घाटन सत्रमा सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्म प्रदर्शन गरिँदैछ ।
 
फेस्टिभलको उद्घाटनपछिको पहिलो सेसनमा दिउँसो साढे ३ बजेदेखि बलिउड निर्देशक अनुराग कश्यपले अनलाइनको माध्यमबाट फिल्मको बारेमा आफ्नो अनुभव बाँड्नेछन् । उनको फिल्म सम्बन्धि अनुभव नेपाली फिल्मकर्मीका लागि सिक्ने अवसर हुने विश्वास लिइएको छ । उनले ‘ग्याङ्स अफ वासेपुर’, ‘मनमर्जियाँ’, ‘चोक्ड’, ‘मुक्काबाज’ जस्ता फिल्मको निर्देशन गरेका छन् ।
 
त्यस्तै, भोली २४ गते विजय सुब्बा, विश्वप्रकाश शर्मा, सत्या पहाडी, गंगा नारायण श्रेष्ठले ‘राजनीतिज्ञको दृष्टिमा चलचित्र’ शिर्षकमा आफ्नो विचार राख्नेछन् भने तेस्रो दिन २५ गते करिष्मा मानन्धर, दीपाश्री निरौला, रक्षा सिंह रानाले ‘नेपाली चलचित्रमा महिलाको सहभागिता’ शीर्षकमा आफ्नो भनाई राख्नेछन् । यसलगत्तै निर्देशक प्रताप सुब्बाले फिल्म सम्बन्धि आफ्नो अनुभव सुनाउनेछन् । 
 
२६ गते भने यादव भट्टराईले ‘कोरोना पछिको चलचित्र बजार’ शीर्षकमा रेखा थापा, अशोक शर्मा, अर्जुन कुमार, मनोज अग्रवालसँग बहस गर्नेछन् । फेस्टिभलको अन्तिम दिन दीपेन्द्र लामाले ‘कहाँ छ नेपाली चलचित्र’ शीर्षकमा कृष्ण धराबासी, बबिता बस्नेत, युग पाठक, अनुभव अजित, प्रकाश भट्टराई बहस चलाउनेछन् । ‘निफ’ नेट टिभीसँगै फेस्टिभलको पेजबाट लाइभ हुनेछ ।
 

Most Visited News (monthly)