
फिल्म ‘लिलिबिली’ बाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा उदाएकी जसिता गुरुङ तीन वर्षदेखि पर्दामा देखिएकी छैनन् । दोस्रो फिल्म ‘लभ स्टेशन’ रिलिजपछि फिल्म ‘आई एम ट्वान्टी वान’ मा अनुबन्ध भएकी उनले केही समय अगाडि मात्र यो फिल्मको छायांकन सकाएकी हुन् । यसमा उनको जोडी अभिनेता धिरज मगरसँग बाँधिएको छ । तर, फिल्म रिलिज भने अन्योलमा छ ।

निर्देशक तथा निर्माता अशोक शर्माले कोरोनाले फिल्म क्षेत्रलाई १० वर्ष पछाडि धकेल्ने बताएका छन् । आइतवार नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ‘कोभिडपछिको फिल्म बजार’ शीर्षकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । कोरोनाले गर्दा दर्शकको हलमा गएर फिल्म हेर्ने बानी हराएका कारण फिल्म क्षेत्र पुरानो अवस्थामा फर्किन सहज नभएको उनको भनाई छ ।

अभिनेत्री रेखा थापाले फिल्ममा काम नगरेको करीब तीन वर्ष भइसकेको छ । उनी पछिल्लो पटक फिल्म ‘मालिका’ मा देखिएकी थिइन् । होम प्रोडक्सनभन्दा बाहिरको फिल्ममा काम नगर्ने अडानमा बसेकी उनी गत वर्ष नै नयाँ फिल्म निर्माणको तयारीमा थिइन् । फिल्ममा अभिनेता सौगात मल्लले पनि अभिनय गर्दै थिए । तर, कोरोनाका कारण देश लकडाउन भएपछि फिल्म बन्न सकेन ।

तेलुगु फिल्मकी अभिनेत्री साई पल्लवी आइतवार आफ्नो २९औं जन्मदिन मनाइरहेकी छन् । साउथ इन्डस्ट्रीमा उनी निकै चर्चित छिन् । सामाजिक सञ्जालमा उनलाई पछ्याउनेको संख्या पनि ठूलो छ । उनले आफ्नो करिअरको सुरुवात भने फिल्म ‘प्रेमम’ बाट गरेकी थिइन् । पहिलो फिल्मबाटै दर्शकको मन जितेकी उनी कहिल्यै अभिनेत्री बन्न चाहन्न थिइन् । उनीसँग मेडिकलको डिग्री छ ।

अभिनेत्री करिश्मा मानन्धरले फिल्ममा महिला कलाकारले पाउने पारिश्रमिकमा विभेद रहेको बताएकी छिन् । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (नीफ) को तेस्रो दिन ‘नेपाली चलचित्रमा महिला सहभागिता’ शीर्षकमा बोल्ने क्रममा उनले नायकको तुलनामा नायिकाले अत्यन्त कम पारिश्रमिक पाउने गरेको धारणा गरेकी हुन् । पारिश्रमिकमा विभेद हुनु दुःखद रहेको उनको भनाई छ ।

गत वर्ष भारतको ‘कोलकाता फिल्म फेस्टिभल’ मा वल्र्ड प्रिमियर भएको फिल्म ‘महानगर’ अमेरिकाको ‘ब्रुकलिन फिल्म फेस्टिभल’ मा छनोट भएको छ । फिल्मका क्रिएटिभ प्रोड्युसर नवनिधि दाहालले सोही फेस्टिभलमा फिल्म प्रिमियर हुने जानकारी दिएका छन् । विश्वका ९३ देशबाट सहभागिताका लागि आएका २५ सय फिल्ममध्येबाट ‘महानगर’ फेस्टिभलमा छनोट भएको हो ।

