
नेपाली अभिनेत्री शिल्पा पोखरेल अभिनीत नयाँ भोजपुरी फिल्म ‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक भएको ट्रेलरमा शिल्पाले पर्याप्त स्क्रिन स्पेश पाएकी छन् । फिल्ममा उनको जोडी भोजपुरी स्टार प्रदीप पान्डेसँग बाँधिएको छ । फिल्ममा प्रदीप ‘प्रेम’ र शिल्पा ‘गीत’ को भूमिकामा छन् । उनीहरुको प्रेममा आउने उतार-चढावलाई ट्रेलरमा देखाइएको छ ।

अभिनेत्री श्वेता भट्टराईका श्रीमान मिलन सापकोटाको निधन भएको छ । उनको उपचारको क्रममा मंगलवार चावहिलस्थित एक हस्पिटलको हाई डिपेन्डेन्सी यूनिटमा निधन भएको जानकारी प्राप्त छ । सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतमा भयावह रुपमा फैलिएको कोरोनाको चपेटामा तेलुगु सुपरस्टार जूनियर एनटीआर पनि परेका छन् । सोमवार उनको कोभिड रिपोर्ट पोजेटिभ आएको हो । उनले सोसल मिडियामार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । कोभिड भएपछि उनी होम क्वारेन्टिनमा बसेका छन् । उनले आफ्ना प्रशंसकलाई चिन्ता नदिन र सुरक्षित रहन आग्रह गरेका छन् ।

कोभिड सुरु भएपछि विश्वमा ओटीटी प्लेटफर्म लोकप्रिय बनेको छ । सिनेमा हल बन्द हुँदा दर्शकले घरमै बसेर विश्वमा बनेका फिल्म हेरिरहेका छन् । मेकरहरुको पनि फिल्म रिलिजका लागि ओटीटीतर्फ आकर्षण बढ्दो छ । छिमेकी मुलुक भारतकै कुरा गर्ने हो भने सिनेमा हलका लागि बनेका कयौं फिल्म कोभिडपछि नेटफ्लिक्स, अमेजन लगायतका प्लेटफर्ममा रिलिज भए ।

पाँच दिनसम्म चलेको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) सोमवारबाट सकिएको छ । महोत्सवमा फिल्म प्रदर्शनसँगै विभिन्न विषयमा फिल्मकर्मीबीच छलफल पनि भएको थियो । महोत्सव उद्घाटनपछिको पहिलो सेसनमा बलिउड निर्देशक अनुराग कश्यपले फिल्म सम्बन्धि आफ्नो अनुभव बाँडेका थिए । कोरोना महामारीका कारण यसपटक ‘निफ’ अनलाइनमा भएको हो ।

साउथ सुपरस्टार विजय देवरकोन्डा बलिउडमा पनि आफ्नो उपस्थिति बलियो बनाउने दाउमा देखिएका छन् । आइतवारबाट ३२ वर्षमा प्रवेश गरेका उनी बलिउड डेब्यूको तयारीमा छन् । उनको पहिलो बलिउड फिल्म ‘लाइगर’ प्रदर्शनको पखाईमा छ । जसमा उनले बलिउड अभिनेत्री अनन्या पान्डेसँग रोमान्स गरेका छन् । अब उनी कटरीना कैफसँग पनि रोमान्स गर्दै देखिने भएका छन् ।

