Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गोरोपनको विज्ञापन नगर्ने साई पल्लवी

एजेन्सी, मुम्बई, 2021/05/09
 
तेलुगु फिल्मकी अभिनेत्री साई पल्लवी आइतवार आफ्नो २९औं जन्मदिन मनाइरहेकी छन् । साउथ इन्डस्ट्रीमा उनी निकै चर्चित छिन् । सामाजिक सञ्जालमा उनलाई पछ्याउनेको संख्या पनि ठूलो छ ।  उनले आफ्नो करिअरको सुरुवात भने फिल्म ‘प्रेमम’ बाट गरेकी थिइन् । पहिलो फिल्मबाटै दर्शकको मन जितेकी उनी कहिल्यै अभिनेत्री बन्न चाहन्न थिइन् । उनीसँग मेडिकलको डिग्री छ ।
 
अभिनेत्री नबनेको भए उनी एक कार्डियोलजिस्ट हुन्थिन् । अध्ययनकै क्रममा उनलाई फिल्म ‘प्रेमम’ अफर भएको थियो । यसका लागि उनले साउथको फिल्मफेयर अवार्ड समेत पाएकी थिइन् । यसपछि उनी अभिनीत फिल्म ‘काली’ पनि लोकप्रिय भएको थियो र उनको अभिनयको निकै प्रशंसा भएको थियो । उनी एक कुशल डान्सर पनि हुन् । तर, उनले नृत्यको तालिम लिएकी छैनन् । 
 
अहिलेसम्म साउथसहित विभिन्न भाषाका १५ वटा फिल्ममा अभिनय गरेकी उनले कम समयमै साउथ फिल्म इन्डस्ट्रीमा ठूलो स्थान हासिल गरेकी छन् । साई पल्लवी फिल्ममा बिना मेकअप पनि देखिने गरेकी छन् । उनी फिल्ममा कमै मेकअप गर्छिन् । उनले दुई करोडको फेयरनेस क्रिमको विज्ञापन समेत नकारेकी छन् । आफू सौन्दर्य प्रशाधनको कहिल्यै प्रमोशन नगर्ने उनको भनाई छ ।
 
यसबारेमा उनी भन्छिन्, ‘म सुन्दर देखिनका लागि कहिल्यै मेकअपको प्रयोग गर्दिनँ र यस्ता चिजको प्रमोशन पनि गर्दिनँ, जसले मानिस भ्रमित हुन् । जे नेचुलर छ, त्यही राम्रो हो ।’ फिल्ममा उनले आजसम्म न हट सिन दिएकी छन् न त बोल्ड फोटोसुट नै गराएकी छन् । एउटा फिल्मका लागि २ करोडसम्म पारिश्रमिक बुझ्ने पल्लवीको अहिलेसम्म अफेयरको चर्चा समेत चलेको छैन ।
Most Visited News (monthly)