Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6853 - 6858 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-05-16, आईतवार

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले नेटफ्लिक्ससँग सहकार्य गरेर नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो नेपाली तेन्जिङ नोर्गे शेर्पाको जीवनीमा फिल्म निर्माण गर्दैछन् । यसका लागि मुख्य पात्रको खोजी सुरु भएको छ । अष्ट्रेलियाको प्रख्यात कास्टिङ कल कम्पनी डेनीलङले तेन्जिङ नोर्गेको भूमिकाका लागि अडिसन आह्वान गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2021-05-15, शनिवार

कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा अक्सिजन ग्यासको खपत ह्वात्तै बढेको छ । छिमेकी मुलुक भारतमा अक्सिजन अभावको समाचार आइरहँदा नेपालमा पनि अक्सिजन अभाव हुनसक्ने त्रासले सिलिण्डर ‘होल्ड’ हुन थालेपछि अस्पतालमा उपचारार्थ कोरोनाका बिरामीले अक्सिजन पाउन सकेका छैनन् । कति कोरोना संक्रमितले अक्सिजन नपाएरै ज्यान गुमाएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-05-14, शुक्रवार

अभिनेता अनमोल केसीले अभिनय गर्न लागेको फिल्म ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको निधन भएको छ । उनको कोरोनाका कारण भारतको एक अस्पतालमा निधन भएको हो । उनी निषेधाज्ञाभन्दा अगाडि फिल्मको तयारीका लागि नेपालमा थिए । पितालाई कोरोना संक्रमण भएपछि गत चैतमा भारत फर्किएका उनको शुक्रवार उपचारको क्रममा निधन भएको हो । 

एजेन्सी, मुम्बई, 2021-05-14, शुक्रवार

कोरोनाका कारण भारतका कयौं राज्यमा लकडाउन हुँदा सिनेमा हलहरु पनि बन्द भएका छन् । जसका कारण कयौं बलिउड फिल्म रिलिज हुन पाएका छैनन् । अभिनेता सलमान खान अभिनीत फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ लाई पनि सिनेमा हलमा रिलिजको तयारी गरिएको थियो । तर, हल खुल्ने अनिश्चित भएपछि बिहीवारबाट फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-05-14, शुक्रवार

नेपालमा भारतीय फिल्मको बलियो पकड छ । एकाधबाहेक नेपालमा प्रदर्शन हुने हिन्दी फिल्मले राम्रो कमाई गर्ने गरेका छन् । बलिउडका तीन खानका फिल्म रिलिज हुँदा त सिनेमा हललाई दशैं नै लाग्छ । नेपालका मल्टीप्लेक्स हलहरु बलिउड फिल्मकै भरमा चलेका छन् भन्दा फरक पर्दैन । नेपाली दर्शकको पहिलो रोजाई अझै नेपाली फिल्म बन्न नसकेको यथार्थ नकार्न सकिन्न । 

फिल्मीखबर, काठमाडौं, 2021-05-14, शुक्रवार

नेपालमा भयावह रुपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणको चपेटामा सर्वसाधारणसँगै फिल्मकर्मीहरु पनि परेका छन् । अहिले केही फिल्मकर्मीहरु कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य लाभ गरिरहेका छन् । हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेत्री वर्षा राउत, वितरक नरेन्द्र महर्जन, निर्देशक ऋषि लामिछाने दाम्पति लगायतमा कोरोना संक्रमण देखिएको छ । 

Results : 6853 - 6858 of 23775
Most Visited News (monthly)