
कोरोना भाइरस र यसका कारण जारी निषेधाज्ञाका कारण गरिब, असाहाय, वृद्ध, अपाङ्गहरुलाई आश्रय दिँदै आएका संस्थाहरु समस्यामा परेका छन् । सामान्य अवस्थामा विभिन्न मनकारी व्यक्तिहरुको सहयोगले चल्दै आएका आश्रमहरुमा कोरोनाको दोस्रो लहरसँगै खाद्यन्न लगायतका सामाग्रीको अभाव हुन थालेको छ । जसले गर्दा आश्रमहरु सहयोगी हातको पखाईमा बसेका छन् ।

मुलुक यतिबेला कोरोना महामारीसँग लडिरहेको छ । दिनहुँ संक्रमणको ग्राफ उकालो लाग्दो छ । यसबाट मृत्यु हुनेको संख्या दिनमै २ सय नाघ्न थालेको छ । अस्पतालमा कोरोनाका बिरामीले अक्सिजन पाउन सकेका छैनन् । अक्सिजनको अभावमा कयौं बिरामीले ज्यान गुमाएका छन् । यस्तो विपत्तिको समयमा जनताको सहारा बन्नु पर्ने राजनीति खिचातानीको भूमरीमा फसेको छ ।

साउथ फिल्मकी चर्चित अभिनेत्री श्रुति हासन तमिल फिल्मका स्टार कमल हासन र सारिकाकी छोरी हुन् । कमल र सारिकाको विवाह बन्धनमा बाँधिएको १६ वर्षपछि डिभोर्स भएको थियो । त्यसबेला श्रुति हासन टिनएज उमेरमा थिइन् भने उनकी बहिनी अक्षरा सानै थिइन् । अब श्रुति हासन साउथ फिल्मकी लिडिङ स्टार बनिसकेकी छन् । उनको खातामा कयौं सुपरहिट फिल्म छ ।

विश्वभर संगठन विस्तार गरेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले कोरोनाका बिरामीका लागि अक्सिजन सहयोग गरेको छ । विश्वभरका इनासका समितिहरुबाट प्राप्त रकमबाट ५० थान अक्सिजन रिफिल गरी मंगलवार काठमाडौं बालाजुस्थित जनमैत्री अस्पताललाई हस्तान्तरण गरिएको इनासका नेपाल संयोजक तथा गीतकार दयाराम पाण्डेले जानकारी दिए ।

अभिनेता तथा चर्चित ज्योतिष हरिहर अधिकारीलाई पितृशोक परेको छ । उनका पिता रामबहादुर अधिकारीको कोरोनाका कारण सोमवार निधन भएको हो । गएको २० दिनदेखि कोरोनालाई जित्ने प्रयासमा रहेका उनको उपचारको क्रममा निधन भएको हो ।

पहिलो फिल्म ‘विक्की डोनर’ देखि पछिल्लो फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ सम्म हेर्ने हो भने अभिनेता आयुष्मान खुरानाले हरेक फिल्ममा फरक फरक भूमिका निर्वाह गरेका छन् । यही कारण बलिउड इन्डस्ट्रीमा उनको एक अलग पहिचान छ । उनको अलग जनराका फिल्म दर्शकले निकै रुचाएका छन् । तर, उनी भने आफ्ना बच्चालाई आफ्नो फिल्म देखाउन मन पराउँदैनन् ।

