Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6829 - 6834 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-05-24, सोमवार

कोरोना महामारीबाट विश्व नै प्रभावित भएको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । दैनिक संक्रमितको संख्या उकालो लाग्दो छ भने २ सय जनाले दिनहुँ ज्यान गुमाउनु परेको छ । यस्तो अवस्थामा जनताको आशाको केन्द्र राजनीतिक भने भद्रगोल छ । कोरोना महामारीविरुद्ध लड्न राजनीतिक पार्टीहरु एकजुट हुनुपर्ने समयमा सबै सत्ताको लुछाचुडी अल्झिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-05-24, सोमवार

एक समय लभस्टोरी फिल्ममा अभिनेता राजबल्लभ कोइरालाको राम्रो माग थियो । फिल्म ‘पर्खी बसेँ’ बाट लिड हिरोको रुपमा डेब्यू गरेका उनले आफ्नो करिअरमा ‘मसान, छोडी गए पाप लाग्ला’ जस्ता केही सम्झनलायक फिल्ममा काम गरेका छन् । तर, एक दशकयता उनलाई दर्शकले ठूलो पर्दामा हेर्न पाएका छैनन् । उनी लामो समयदेखि परिवारसँग अमेरिकामा बस्दै आएका छन् ।

एजेन्सी, मुम्बई, 2021-05-23, आईतवार

बलिउड अभिनेत्री आलिया भट्टले सन् २०१२ मा निर्माता करण जोहरको फिल्म ‘स्टूडेन्ट अफ द ईयर’ बाट फिल्म इन्डस्ट्रीमा प्रवेश गरेकी हुन् । पहिलो फिल्मको सफलतापछि उनले एकपछि अर्को ठूला फिल्ममा अभिनय गरिन् । उनले आफ्नो अहिलेसम्मको करिअरमा कयौं अभिनेतासँग स्क्रिन शेयर गरिसकेकी छन् । तर, उनी भने अभिनेता अक्षय कुमारको डाइहार्ट फ्यान हुन् ।

फिल्मीखबर, काठमाडौं, 2021-05-23, आईतवार

संक्रमण बढेसँगै अहिले अस्पतालहरुमा अक्सिजनको अभाव छ । अक्सिजनको अभावमा कति कोरोनाका बिरामीले ज्यान गुमाउनु परेको छ । अर्कोतिर निषेधाज्ञाका कारण दैनिक श्रम गरेर परिवारको गुजरा चलाउने वर्ग समस्यामा छन् । यस्तो अवस्थामा नेपाली फिल्मकर्मीहरुले अक्सिजन जुटाउनदेखि कोरोनाले समस्यामा परेका व्यक्तिहरुलाई खाद्यन्न लगायतका सहयोग गर्दै आएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-05-23, आईतवार

देश यतिबेला कोरोनाका कारण आक्रान्त छ । दिनहुँ सयौंले ज्यान गुमाएका छन् । संक्रमण दर उकालो लाग्दो छ । अस्पतालमा अक्सिजनको हाहाकार छ । यो समयमा राजनीतिक दलका नेताहरुको सम्पूर्ण ध्यान कोरोना महामारी नियन्त्रणमा जानु पर्नेमा सत्ता हत्याउने र जोगाउने पुरानै खेलमा अल्झिएको छ । जसले गर्दा आम जनतामा निराशा र आक्रोश पैदा भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-05-22, शनिवार

नेपाली फिल्मका लोकप्रिय अभिनेता द्वय दीलिप रायमाझी र रमित ढुंगानाले पूर्वी मोरङ जिल्लाको पथ्री-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरका १७ सय घर धुरीलाई खाद्यन्न वितरण गरेका छन् । ‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को तर्फबाट राहत वितरण गरिएको हो । यो संस्था नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको टिमले चलाएको हो ।

Results : 6829 - 6834 of 23775
Most Visited News (monthly)