Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6835 - 6840 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-05-21, शुक्रवार
खगेन्द्र लामिछाने, मेनुका प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको स्व. छेतेन गुरुङ्ग निर्देशित नेपाली फिल्म ‘डमरुको डण्डीबियो’ अब निशुल्क हेर्न पाइने भएको छ । कोभिड-१९ को दोश्रो लहरसँगै भएको लकडाउनको समयमा नेपालमा बस्ने दर्शकको लागि सिनेमाघर एपमा यो फिल्म निशुल्क उपलब्ध गराईएको हो ।
एजेन्सी, मुम्बई, 2021-05-21, शुक्रवार

मलयालम सुपरस्टार मोहनलाल शुक्रवार आफ्नो ६१औं जन्मदिन मनाइरहेका छन् । पद्म श्री र पद्म भूषणबाट सम्मानित उनले पाँच पटक राष्ट्रिय अवार्डसहित सयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेका छन् । उनलाई दर्शकले हरेक प्रकारका भूमिकामा रुचाएको पाइन्छ । धेरै कमलाई थाहा छ कि कयौं सुपरहिट बलिउड फिल्म मोहनलाल अभिनीत मलयालम फिल्मको रिमेक हो । 

फिल्मीखबर, काठमाडौं, 2021-05-21, शुक्रवार

निर्देशक मिलन चाम्सले भारतीय सिनेमा हलमा प्रदर्शन गर्ने उद्देश्यसहित २ वर्ष अगाडि फिल्म ‘वीर विक्रम २’ को हिन्दीमा डबिङ गरेका थिए । फिल्म प्रदर्शनका लागि उनले केही वितरक कम्पनीसँग छलफल पनि गरे । तर, कोरोनाको पहिलो लहर सुरु भएसँगै फिल्म प्रदर्शन हुन पाएन । अबको एक महिनाभित्र फिल्मलाई यूट्युब च्यानलमा रिलिज गर्ने तयारीमा निर्देशक चाम्स रहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-05-21, शुक्रवार

फिल्म ‘नाईं नभन्नू ल ४’ बाट अभिनेत्रीको रुपमा सुखद डेब्यू गरेकी वर्षा राउतले संख्यात्मक रुपमा आधा दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । तर, ‘जात्रा’ सिरिजबाहेक उनी सोलो अभिनेत्री रहेका फिल्म बक्सअफिसमा सफल छैनन् । ‘मेरो पैसा खोई ?, गोपी, चौका दाउ’ जस्ता फिल्म डिजास्टर हुँदा संकटमा परेको उनको करिअरलाई ‘जात्रा’ सिरिजले उकासेको थियो । 

फिल्मीखबर, काठमाडौं, 2021-05-20, बिहिवार
शर्ट फिल्म ‘मन बार’ हुबहु कपि गरिएको थाहा भएपछि अभिनेत्री सुरक्षा पन्तले आफुलाई धेरै दु:ख लागेको बताएकी छन् । बिहिवार शोसल मीडियामा लेख्दै पन्तले चोरीको भन्ने पहिले जानकारी भएको भए आफुले काम नै गर्ने थिइन भनेकी छन् ।
फिल्मीखबर, काठमाडौं, 2021-05-19, बुधवार

फिल्मकर्मी रेशम जंग शाहले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न न्यूयोर्क राज्यको सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले एनआरएनएमा हुने गरेका विकृति विसंगतिविरुद्ध आवाज उठाउन र संगठनलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन् । उनी सन् २०१८ मा आप्रवासी भिसामा अमेरिका गएका थिए ।

Results : 6835 - 6840 of 23775
Most Visited News (monthly)