Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माता-पिताको डिभोर्स हुँदा खुसी थिइन् श्रुति

एजेन्सी, मुम्बई, 2021/05/25
 
साउथ फिल्मकी चर्चित अभिनेत्री श्रुति हासन तमिल फिल्मका स्टार कमल हासन र सारिकाकी छोरी हुन् । कमल र सारिकाको विवाह बन्धनमा बाँधिएको १६ वर्षपछि डिभोर्स भएको थियो । त्यसबेला श्रुति हासन टिनएज उमेरमा थिइन् भने उनकी बहिनी अक्षरा सानै थिइन् । अब श्रुति हासन साउथ फिल्मकी लिडिङ स्टार बनिसकेकी छन् । उनको खातामा कयौं सुपरहिट फिल्म छ ।
 
एक अन्तर्वार्तामा उनले माता-पिताको डिभोर्सको समयमा आफू दुखी नभइ खुसी भएको खुलासा गरेकी छन् । उनले भनेकी छन्, ‘म त्यो समयमा उहाँहरुको नयाँ जिन्दगीलाई लिएर उत्साहित थिए । उहाँहरु अलग हुनुभएकोमा म खुसी थिएँ । किनकि, जब दुई व्यक्ति एकसाथ बस्न सक्दैनन् भने कुनै कारण उनीहरुलाई साथमा राख्न सकिँदैन । उहाँहरु एकदमै राम्रो माता-पिता हुनुहुन्छ ।’ 
 
उनले आफू पितासँग निकै नजिक रहेको र आमा आफ्नो जिन्दगीको हिस्सा रहेको बताएकी छन् । उनी अगाडि भन्छिन्, ‘उहाँहरु एकदमै राम्रो व्यक्ति हुनुहुन्छ । तर, उहाँहरु एकसाथ हुँदा खुसी हुनुहुन्न थियो । उहाँहरु अलग हुँदा म सानै थिएँ । तर, यो निकै सहज थियो र हामी सबै खुसी थियौं ।’ श्रुतिको कोरोना कालको समयमा दुई फिल्म ‘क्रर्‍याक र वकील साब’ रिलिज भएको थियो ।
Most Visited News (monthly)