Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीता लेख्छिन्, ‘मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने थाहा पाएँ’

फिल्मीखबर, काठमाडौं, 2021/05/26
मुलुक यतिबेला कोरोना महामारीसँग लडिरहेको छ । दिनहुँ संक्रमणको ग्राफ उकालो लाग्दो छ । यसबाट मृत्यु हुनेको संख्या दिनमै २ सय नाघ्न थालेको छ । अस्पतालमा कोरोनाका बिरामीले अक्सिजन पाउन सकेका छैनन् । अक्सिजनको अभावमा कयौं बिरामीले ज्यान गुमाएका छन् । यस्तो विपत्तिको समयमा जनताको सहारा बन्नु पर्ने राजनीति खिचातानीको भूमरीमा फसेको छ ।
 
 
अभिनेत्री नीता ढुंगानाले संसार कोरोनाविरुद्ध लडिरहँदा नेपालमा कुर्सीका लागि लडाईं भएको देख्दा आफू किन नेपालमा जन्मिएको होला भन्ने महशुस हुन थालेको बताएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ ।’ 
 
उनले संसार कोरोनाविरुद्ध लडिरहँदा आफ्नो देशले आफूलाई झन् लात हानेको आभास भएको बताएकी छन् । यो कठिन अवस्थामा जनताको लागि गर्नुपर्ने लडाईं कुर्सीका लागि भएकोमा नीताले चिन्ता व्यक्त गरेकी छन् । उनले अभिनेता तथा ज्योतिष हरिहर अधिकारीका पिता रामबहादुर अधिकारीको समयमा अस्पतालमा उपचार नभएर निधन भएको समेत खुलासा गरेकी छन् ।
 
अभिनेत्री ढुंगानाले हरिहरका पितासँगको एक तस्विर पोस्ट गर्दै आफूले नजिकको अग्रज गुमाएकोमा दुख व्यक्त गर्दै लेखेकी छिन्, ‘समयमा नै आइसियुको व्यवस्थापन भएर अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु पर्दैन थियो होला ।’ हरिहरका पिताको सोमवार उपचारको क्रममा निधन भएको हो । उनी २० दिनदेखि कोरोनालाई परास्त गर्न लडिरहेका थिए ।
 

Most Visited News (monthly)