
नेपालमा कोरोना संक्रमित बढेसँगै देशभरका अस्पतालहरुमा भेन्टिलेटर, अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको अभाव भएपछि कलाकारहरुबाट सहयोग जुट्न थालेको छ । पल शाह, पुष्प खड्का, राजराम पौडेल, नाजिर हुसेन, श्वेता खड्का लगायतका कलाकारहरुले कोरोनाका बिरामीको उपचारका लागि अक्सिजन जुटाउन विभिन्न संस्थाहरुलाई आर्थिक सहयोग गरेका छन् ।

निर्माता करण जोहरपछि अभिनेता शाहरुख खानको फिल्मबाट पनि अभिनेता कार्तिक आर्यन बाहिरिएका छन् । शाहरुखको प्रोडक्सन कम्पनी रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्म ‘फ्रेडी’ बाट कार्तिक निकालिएका हुन् । यो फिल्ममा उनी अभिनेत्री कटरीना कैफसँग देखिने तयारीमा थिए । तर, अब दर्शकले यो जोडीलाई ठूलो पर्दामा हेर्न नपाउने भएका छन् ।

अभिनेत्री सुमिना घिमिरे कुनै समय लाइमलाइटमा थिइन् । ‘स्क्यान्डल क्विन’ को रुपमा चिनिएकी उनको एकताका फिल्म बजारमा अन्य अभिनेत्रीको भन्दा ठूलो नाम सुनिन्थ्यो । आफ्नो एक दशक लामो फिल्मी करिअरमा कहिल्यै विवादबाट ओझेल नभएकी उनले फिल्म ‘दुलही’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । उनले केही फिल्ममा बोल्ड भूमिका समेत निर्वाह गरेकी छन् ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै नेपाली फिल्म क्षेत्र ठप्प छ । फिल्म निर्माण, प्रदर्शन र वितरण सम्बन्धि सबै कार्य रोकिँदा दिनहुँ श्रम गरेर परिवारको गुजरा चलाउने प्राविधिकहरु समस्यामा परेका छन् । चलचित्र प्राविधिक संघका १५ सय सदस्यमध्ये प्रायः प्राविधिकको अवस्था दयनीय रहेको संघले जनाएको छ । कसैको घरमा त चुल्हो समेत बल्न छाडिसकेको छ ।

कोरोना भाइरस र निषेधाज्ञाका कारण फिल्म प्राविधिकहरुको घरमा चुल्हो बल्न छाडेको खबर सुनेपछि अभिनेत्री सुमिना घिमिरेले खाद्यान्न सहयोग गरेकी छन् । बुधवार जडिबुटीमा उनी र उनका श्रीमान रोशन सापकोटाले चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई खाद्यान्न हस्तान्तरण गरे । उनीहरुले चालिस जना प्राविधिकलाई एक महिनासम्म पुग्ने रासन सहयोग गरेका हुन् ।

ईदमा रिलिज भएको अभिनेता सलमान खान अभिनीत फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ लाई दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया मिलेको छ । सलमानका प्रशंसकले फिल्म रुचाएका छन् भने समीक्षकले जमेरै आलोचना गरेका छन् । तर, फिल्मले रिलिजको पहिलो दिन नै १ सय ८ करोड कमाएको थियो । फिल्म सिनेमा हल र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज भएको हो ।

