Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6811 - 6816 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-05-30, आईतवार

शनिवार नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गर्‍यो । बजेटमा फिल्म क्षेत्रका पनि केही विषय समेटिएका छन् । फिल्म उद्योगको नविकरण र इजाजत शुल्कमा छुट दिई स्वतः नवीकरण हुने ब्यवस्था मिलाइएको छ भने निषेधाज्ञाभर सिनेमा घरको विद्युत डिमाण्ड शुल्कमा समेत शतप्रतिशत छुट दिइने भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-05-29, शनिवार

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटमा फिल्म क्षेत्रले पनि प्राथमिकता पाएको छ । सरकारले कोरोनाका कारण जारी निषेधाज्ञा अवधिभर फिल्म क्षेत्रलाई विद्युत डिमाण्ड शुल्क छुट दिने घोषणा गरेको छ । शनिवार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा फिल्म उद्योगमा प्रयोग हुने सबै खालको सामाग्री वा यन्त्र भन्सार समेत छुट गरिएको छ ।

एजेन्सी, मुम्बई, 2021-05-29, शनिवार

अभिनेता सलमान खान र समीक्षक कमाल आर खान (केआरके) बीचको विवाद साम्य हुने छाँटकाँट देखिएको छैन । फिल्म ‘राधे’ को नराम्रो समीक्षा गरेको भन्दै केही दिनअघि सलमानको लिगल टिमले केआरकेविरुद्ध मानहानीको मुद्धा हालेको थियो । तर, शुक्रवार केआरकेले आफ्नो यूट्युबमा एउटा भिडियो अपलोड गर्दै सलमान खानसँग कुनै हालतमा माफी नमाग्ने बताएका छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-05-29, शनिवार

अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित भएर निर्माण भएको फिल्म ‘ओभर डोज’ को अमेरिकामा प्रिमियर भएको छ । बिहीवार (हिजो) अमेरिकाको टेक्सस राज्यको डलासमा सम्पन्न फिल्मको प्रिमियरमा उल्लेख्य संख्यामा नेपाली दर्शकको उपस्थिति रहेको थियो । प्रिमियर शोमा फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको निर्देशक तथा लेखक सुमन पौडेलले बताए ।

फिल्मीखबर, काठमाडौं, 2021-05-28, शुक्रवार

सौरभ राईको निर्देशनमा बन्न लागेको फिल्म ‘गुराँस’ ले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो (नेपाली १४ लाख रुपैयाँ) हुबर्ट बल्स फन्ड प्राप्त गरेको हो । यो रकमले स्क्रिप्ट लेखनको काम सक्ने निर्देशक राईले बताए । स्थिति सामान्य भए अर्को वर्षबाट छायांकनमा निस्कने तयारीमा निर्माण टिम छ ।

फिल्मीखबर, काठमाडौं, 2021-05-28, शुक्रवार

कोरोना भाइरसका कारण फिल्म सम्बन्धि सम्पूर्ण गतिविधि ठप्प हुँदा समस्यामा परेका फिल्म प्राविधिकहरुलाई सहयोग जुट्ने क्रम बढ्दै गएको छ । यसै क्रममा अभिनेत्री करिश्मा मानन्धरले बिहीवार आफ्नै उपस्थितिमा ३० जना प्राविधिकको परिवारलाई राहत वितरण गरेकी छन् । उनले चामल, दाल, तेल, नुनसँगै खाना पकाउने ग्यास भर्नका लागि जनही १५ सय सहयोग गरेकी हुन् । 

Results : 6811 - 6816 of 23775
Most Visited News (monthly)