.jpg)
अभिनेता तथा चर्चित ज्योतिष हरिहर अधिकारीलाई पितृशोक परेको छ । उनका पिता रामबहादुर अधिकारीको कोरोनाका कारण सोमवार निधन भएको हो । गएको २० दिनदेखि कोरोनालाई जित्ने प्रयासमा रहेका उनको उपचारको क्रममा निधन भएको हो ।
उनको २ हप्तादेखि कलंकीको नेशनल अस्पतालमा उपचार भइरहेको थियो । उनी पेशाले ज्योतिष थिए । पिताकै प्रेरणाले हरिहरले पनि ज्योतिष शास्त्रको अध्ययन गरेका हुन् । यतिबेला हरिहर अधिकारीको सम्पूर्ण परिवार कोरोनासँग लडिरहेको छ ।
केही समय अगाडि एक अन्तर्वार्तामा हरिहरका पिताले छोराको सफलताबाट खुसी रहेको बताएका थिए । उनले छोरा अभिनीत पहिलो फिल्म ‘शुभ लभ’ सिनेमा हलमा नै पुगेर हेरेका थिए । यो फिल्मपछि हरिहरले नयाँ फिल्ममा भने काम गरेका छैनन् ।

