Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनाथ बालबालिकालाई रमितको एक लाख सहयोग

फिल्मीखबर, काठमाडौं, 2021/05/26
 
कोरोना भाइरस र यसका कारण जारी निषेधाज्ञाका कारण गरिब, असाहाय, वृद्ध, अपाङ्गहरुलाई आश्रय दिँदै आएका संस्थाहरु समस्यामा परेका छन् । सामान्य अवस्थामा विभिन्न मनकारी व्यक्तिहरुको सहयोगले चल्दै आएका आश्रमहरुमा कोरोनाको दोस्रो लहरसँगै खाद्यन्न लगायतका सामाग्रीको अभाव हुन थालेको छ । जसले गर्दा आश्रमहरु सहयोगी हातको पखाईमा बसेका छन् ।
 
यो अवस्थामा नेपाली कलाकारहरु सहयोगका लागि अगाडि आएका छन् । दुई हप्ता अगाडि अभिनेता अनुप विक्रम शाहीले एक अनाथ आश्रममा तीन महिनासम्म पुग्ने एक लाख बराबरको खाद्यन्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेका थिए । यसैक्रममा, अर्का अभिनेता रमित ढुंगानाले मंगलवार काठमाडौंको जोरपाटीमा रहेको एक बाल गृहलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । 
 
निषेधाज्ञा हुनुभन्दा एक हप्ता अगाडि अमेरिकामा नेपाल आएका उनले जोरपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेसन नेपाल’ लाई एक लाख रुपैयाँ नगद सहयोग गरेका हुन् । विगत १३ वर्षदेखि उक्त संस्था चलाइरहेकी श्वेता केसीलाई फाउण्डेसनमै पुगेर रमितले रकम हस्तान्तरण गरे । उक्त बाल गृहमा २५ जना अनाथ बालबालिकाहरु आश्रित छन् । 
 
महामारीको समयमा बाँचौं र बचाऔं भन्ने उद्देश्यले सहयोगी हात अगाडि बढाएको रमितले बताएका छन् । उनले गएको शुक्रवार ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को तर्फबाट मोरङको पथ्री-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरका १७ सय परिवारलाई खाद्यन्न वितरण गरेका थिए । उनले यो समयमा सबैले सकेको सहयोग गर्न आग्रह गरेका छन् ।
Most Visited News (monthly)