Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6805 - 6810 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-06-01, मंगलवार

निर्देशक तथा नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले कोरोनाका कारण फिल्म निर्माणमा एक अर्बको लगानी जोखिममा रहेको बताएका छन् । ४० वटा फिल्म २ वर्षदेखि निर्माण सकिएर रिलिजका लागि तयार भएको जानकारी दिँदै उनले एउटा फिल्मको लगानी औसतमा २ करोड हुने भएकाले कोरोनाका कारण ती सबै फिल्मको लगानी जोखिममा रहेको बताएका हुन् ।

एजेन्सी, मुम्बई, 2021-05-31, सोमवार
कोरोना महामारीको बीच पनि बलिउड सेलिब्रेटीहरुले लगातार प्रोपर्टीमा लगानी गरिरहेका छन् । जान्हवी कपूर, अर्जुन कपूर, ऋतिक रोशन, आलिया भट्ट र अमिताभ बच्चनपछि अब बलिउडका ‘सिंघम’ को रुपमा परिचित अजय देवगनले पनि नयाँ घर खरिद गरेका छन् । उनले जुहूमा भारतीय ६० करोडमा घर किनेका हुन् । यो घर अजयको निवासबाटै नजिकको दूरीमा छ । 
फिल्मीखबर, काठमाडौं, 2021-05-31, सोमवार

फिल्म ‘कृ’ मा काम गरेपछि झन्डै तीन वर्ष हराएकी अभिनेत्री अदिती बुढाथोकीले होम प्रोडक्सनको फिल्म ‘बाबरी’ बाट अभिनयमा पुनरागमन गरेकी छन् । निषेधाज्ञाभन्दा अगाडि फिल्मको पूर्वको लेटाङमा छायांकन भइरहेको थियो । अब फिल्मको नेपालमा एउटा मात्र गीत खिच्न बाँकी छ । बाँकी छायांकन भने भारतसँगको नाका खुलेपछि सिक्किममा गर्ने तयारीमा निर्माण टिम छ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-05-31, सोमवार

नेपाली फिल्ममा यस्ता धेरै कलाकार छन्, जसले नृत्य गर्न नआउने भएकै कारण हिरो वा हिरोइन बन्ने सपना त्यागे । यसमध्ये एक हुन्, दिनेश डिसी । बाल्यकालदेखि नै उनको इच्छा हिरो बन्ने थियो । तर, नृत्यमा कमजोर भएकाले उनले फिल्ममा नायकको भूमिका निर्वाह गरेनन् । उनले आफूलाई नाच्न नआउने भएकै कारण ५५ वटा फिल्ममा भिलेनको अभिनय गरेको बताएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-05-30, आईतवार

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट फिल्म क्षेत्रका लागि सुखद रहेको बताएका छन् । कोरोना महामारीको समयमा प्रस्तुत भएको बजेटमा सरकारले फिल्म क्षेत्रलाई पनि प्राथमिकतामा राखेकोमा खुसी व्यक्त गर्दै उनले उपकरणको भन्सार छुट, सिनेमा हलको विद्युत डिमान्ड शुल्क मिनाह भएकोमा सरकारलाई धन्यवाद दिए ।

फिल्मीखबर, काठमाडौं, 2021-05-30, आईतवार

सरकारले शनिवार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा नेपाली फिल्म क्षेत्रका केही विषयहरु समेटिएकोमा फिल्मकर्मीले खुसी प्रकट गरेका छन् । चलचित्र निर्माता संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य आकाश अधिकारीले यो विषम परिस्थितिमा आएको बजेटमा फिल्म क्षेत्र पनि प्राथमिकतामा पर्नु राम्रो कुरा रहेको बताएका छन् ।

Results : 6805 - 6810 of 23775
Most Visited News (monthly)