
सन् २०२० मा रिलिज भएको साउथ सुपरस्टार सूर्या अभिनीत फिल्म ‘सोरारई पोटरु’ (उडान) लाई दर्शकको तर्फबाट सानदार प्रतिक्रिया मिलेको थियो । फिल्ममा नीदुमारनको भूमिका निर्वाह गरेर सूर्याले दर्शकमाझ आफ्नो जादू छर्न सफल भएका थिए । यो फिल्म आर्मीबाट रिटायर्ड क्याप्टेन गोपीनाथको जीवनमा आधारित छ । फिल्म अस्कारको केही विधामा समेत चुनिएको थियो ।

नेपाली फिल्ममा आफूलाई स्थापित गर्न संघर्षरत अभिनेत्री मिरुना मगरको जन्म हङकङमा भएको हो । अहिले परिवारसँग बेलायतमा बस्दै आएकी उनी १३ वर्षसम्म धरानमा बसेकी थिइन् । आमा शशी थापा सुब्बाले लामो समय नाट्यकर्ममा विताएकाले उनलाई बाल्यकालदेखि नै अभिनयप्रति रुची थियो । नेपाल बसाईको क्रममा उनले अनुप बरालबाट अभिनयको कोर्ष लिइन् ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणले नेपाल आक्रान्त बनेको छ । कोरोनाको साङ्लो चुँडाल्न प्रायः जिल्लामा निषेधाज्ञा लगाइए पनि संक्रमण दर अझै उच्च छ । हरेक दिन ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि हुने गरेको छ । मृत्यु हुनेको संख्या पनि बढ्दो छ । यतिबेला देशभरका अस्पताल कोरोनाका बिरामीले भरिएका छन् भने अक्सिजन ग्यासको चरम अभाव छ ।

सलमान खान अभिनीत फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ इदको अवसर पारेर रिलिज भइसकेको छ । मे १३ तारिखबाट ओटीटी प्लेटफर्म र सिनेमा घरमा फिल्म रिलिज भएको हो । फिल्मलाई लिएर विभिन्न खाले प्रतिक्रिया आएका छन् । समीक्षकले फिल्मलाई झुर भनेका छन् भने कहानीमाथि अनेकौं प्रश्न उठाएका छन् । सलमानका फ्यानलाई भने फिल्म निकै मन परेको छ ।

कोरोना संक्रमित बढेसँगै देशभरका अस्पतालमा अक्सिजनको हाहाकार भएपछि कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले अस्पताललाई अक्सिजन सहयोग गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष समेत रहेका उनले सोमवार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शय्याको कोभिड अस्पताललाई ५० थान अक्सिजन हस्तान्तरण गरेका हुन् ।

निर्देशक ऋषि लामिछानेसहित उनकी श्रीमती र छोरी कोरोना संक्रमणसँग लडिरहेका छन् । कलाकार समेत रहेकी सरिता लामिछाने र उनकी छोरी समृद्धिको स्वास्थ्यमा कुनै समस्या नदेखिए पनि निर्देशक लामिछाने ज्वरो कम हुँदै जाँदा निमोनिया बढेपछि धापासीमा रहेको ग्रान्डी अस्पतालमा भर्ना भएका छन् । उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको बुझिएको छ ।

