Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाच्न नआउने हुनाले ५५ वटा फिल्ममा भिलेन बनेँ : दिनेश डिसी

फिल्मीखबर, काठमाण्डौ, 2021/05/31
कलाकार भएपछि अभिनयसँगै नृत्य कलामा पनि निपूर्ण हुनुपर्छ भनिन्छ । किनकि, हरेक नेपाली फिल्ममा गीत अनिवार्य हुन्छ । रोमान्टिक गीतमा हाउभाउ र एक्सप्रेसनले काम चले पनि डान्सिङ गीतमा छमछमी नाच्न सक्नुपर्छ । तर, नेपालमा राम्रो नृत्य गर्ने कलाकारहरु थोरै मात्र छन् । एक समय दीलिप रायमाझी, निरुता सिंह, श्रीकृष्ण श्रेष्ठ जस्ता कलाकारहरु नृत्यमा अब्बल मानिन्थे ।
 
 
नेपाली फिल्ममा यस्ता धेरै कलाकार छन्, जसले नृत्य गर्न नआउने भएकै कारण हिरो वा हिरोइन बन्ने सपना त्यागे । यसमध्ये एक हुन्, दिनेश डिसी । बाल्यकालदेखि नै उनको इच्छा हिरो बन्ने थियो । तर, नृत्यमा कमजोर भएकाले उनले फिल्ममा नायकको भूमिका निर्वाह गरेनन् । उनले आफूलाई नाच्न नआउने भएकै कारण ५५ वटा फिल्ममा भिलेनको अभिनय गरेको बताएका छन् ।
 
आफू अभिनीत फिल्म ‘घाम छाँया’ को ‘पहिलो भेटमै’ बोलको गीतको एक टुक्रा टिकटकमा भेटिएपछि फेसबुकमा शेयर गर्दै उनले लेखेका छन्, ‘हिरो हुने मन कसलाई हुँदैन र ? मलाई पनि थियो । तर, नाच्न नआउने हुनाले मैले करीब ५५ वटा फिल्ममा भिलेनकै अभिनय गरेँ ।’ निर्देशक किशोर रानाले वकिलको रोल हो र गीत छैन भनेपछि उनले ‘घाम छाँया’ मा अभिनय गरेका रहेछन् ।
 
फिल्ममा काम गर्दाको क्षण स्मरण गर्दै उनले लेखेका छन्, ‘निर्देशक किशोर रानाले एउटा फिल्ममा हिरोमा अफर गर्नुभयो, ‘घाम छाँया’ (२०५७) । वकिलको रोल हो र गीत छैन भनेपछि मैले अभिनय गरेँ । तर पछि एउटा गीत राखियो । वकिलले गर्ने डिसेन्ट मुभमा गीत खिच्छु भनेर मलाई नृत्य निर्देशक बसन्तजं रायमाझीले सरले कन्भिन्स गराउनुभयो । कलाकार थिइन्, सुष्मा कार्की ।’ 
 
टिकटकले पुरानो याद ताजा गराएकोमा उनले खुसी व्यक्त गरेका छन् । यो फिल्मका निर्देशक राना, नृत्य निर्देशक रायमाझी र कलाकार कार्कीको निधन भइसकेको छ । दिनेश डिसीले अभिनयसँगै ‘मायाज् बार, फूलै फूलको मौसम तिमीलाई र छ एकान छ’ फिल्मको निर्देशन पनि गरेका छन् । अहिले उनी कान्तिपुर टिभी र कान्तिपुर रेडियोको स्टेशन म्यानेजरको रुपमा कार्यरत छन् ।
 

Most Visited News (monthly)