Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बजेटमा फिल्म क्षेत्रले जति पायो, त्यो स्वागतयोग्य छ : आकाश अधिकारी

फिल्मीखबर, काठमाडौं, 2021/05/30
 
सरकारले शनिवार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा नेपाली फिल्म क्षेत्रका केही विषयहरु समेटिएकोमा फिल्मकर्मीले खुसी प्रकट गरेका छन् । चलचित्र निर्माता संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य आकाश अधिकारीले यो विषम परिस्थितिमा आएको बजेटमा फिल्म क्षेत्र पनि प्राथमिकतामा पर्नु राम्रो कुरा रहेको बताएका छन् ।
 
‘कोरोना भाइरसले नेपाललाई जुन प्रकारले असर गरेको छ, त्यसकारण राज्यले यो पटकको बजेटमा स्वास्थ्यलाई ध्यान दिएको देखिन्छ । त्यतातिर बढी बजेट विनियोजन गरिएको छ । त्यो स्वभाविक पनि हो,’ उनी भन्छन्, ‘यस्तो परिस्थितिमा सार्वजनिक भएको बजेटमा फिल्म क्षेत्रलाई पनि समेट्नु राम्रो कुरा हो । यसपटकको बजेटमा फिल्म क्षेत्रले जति पायो, त्यो स्वागतयोग्य छ ।’
 
फिल्म निर्माणका लागि चाहिने उपकरणहरुमा भन्सार छुट हुनुपर्छ भनेर आफूले सरोकारवाला निकायसँग पटक-पटक आग्रह गरेको बताउँदै उनले यो कुरा पनि बजेटमा सम्बोधन भएकोमा खुसी व्यक्त गरे । सिनेका हलको विद्युत डिमाण्ड शुल्क मिनाह र चलचित्र उद्योगले तिर्दै आएको आयकर अब एक प्रतिशत मात्र तिर्नुपर्ने सरकारको घोषणालाई पनि उनले स्वागत गरेका छन् ।
 
उनी अगाडि भन्छन्, ‘फिल्म क्षेत्रसहित कोरोना प्रभावित अन्य क्षेत्रलाई ५ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ । चलचित्र विकास बोर्डले लिएर गएको स्टोरी बैंकको अवधारणा पनि बजेटमा समेटिएको छ । सातै प्रदेशमा छायांकन स्थल निर्माण गर्न र काभ्रेमा फिल्म सिटीका लागि पनि बजेटमा छुट्याइएको छ । यो पनि राम्रो कुरा हो । अब सरकार बजेट कार्यन्वयनमा लाग्नुपर्छ ।’
 
भिडियो :-
 

Most Visited News (monthly)