
एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘म ती व्यक्तिको नाम लिन चाहन्नँ तर एक सिनको रिहर्सल गर्ने बहानामा किस गर्न खोजेका थिए । अर्का एक व्यक्तिले मलाई सम्झाउँदै आफ्नो हिचकिचाहट छाड्न आग्रह गरे । त्यसबेला म नयाँ थिएँ, यसकारण मलाई यो ठिकै लाग्यो ।’

अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठले आफूले यौन उत्पीडनको सामना गरेको खुलासा गरेकी छन् । मंगलवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक प्रशंसकले ‘तपाईंले कहिल्यै यौन उत्पीडनको सामना गर्नुभएको छ ?’ भनेर सोधेको प्रश्नमा उनले इन्डस्ट्रीमा काम गर्न सुरु गर्दाको समयमा यौन उत्पीडनको सामना गरेको बताएकी हुन् । प्रकृतिले यो विषयमा पहिलो पटक मुख खोलेकी हुन् ।

शनिवार नेपाल सरकारले अध्यादेशमार्फत् सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटलाई लिएर नेपाली फिल्म क्षेत्र दुई कित्तामा विभाजन भएको छ । कतिपयले बजेटमा फिल्म क्षेत्रका केही माग सम्बोधन भएकोमा खुसी व्यक्त गरेका छन् भने कोरोनाका कारण ठप्प रहेको फिल्म क्षेत्रलाई उकास्न यसपटक बजेटमा कुनै खालको सम्बोधन नभएको कतिपयको गुनासो छ ।

बलिउडका प्रतिभाशाली अभिनेता आर माधवन ५० वर्षका भएका छन् । १ जून, १९७० मा जमशेदपुरमा उनको जन्म भएको हो । तमिल फेमिलीमा जन्मिएका उनको परिवारले पढाईलाई एकदमै महत्त्व दिने गरेको थियो । तर, उनलाई भने पढाईप्रति खासै रुची थिएन । पढाईमा कमजोर रहेका उनी आठ कक्षामा फेल भएका थिए । १० कक्षामा पनि उनलाई औषत अंक प्राप्त भएको थियो ।

हास्य कलाकार मदनकृष्ण श्रेष्ठ कोरोना संक्रमण मुक्त भएका छन् । दोस्रो पटक १४ दिन लामो अस्पतालमा उपचारपछि एक हप्ता अगाडि घर फर्किएका उनले सोमवार पीसिआर परीक्षण गराएका थिए । जसको रिपोर्ट नेगेटिभ आएको उनले मंगलवार फेसबुकमार्फत् जानकारी दिएका हुन् । सबैको आर्शिवाद र मायाको बलले कोरोना जित्न सफल भएको उनले बताएका छन् ।

अध्यादेशमार्फत् शनिवार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटले फिल्म क्षेत्रका केही विषयसँगै चलचित्र विकास बोर्डले अगाडि सारेको ‘स्टोरी बैंक’ को अवधारणालाई पनि सम्बोधन गरेपछि फिल्मकर्मीमा खुसी छाएको छ । स्क्रिप्ट राइटर प्रदीप भारद्वाजले सरकारले बजेटमा ‘स्टोरी बैंक’ को अवधारणालाई निरन्तरता दिनु सकारात्मक रहेको बताएका छन् ।

