
साउथका स्टाइलिस स्टार अल्लू अर्जुन अभिनीत नयाँ फिल्म ‘पुष्पा’ लामो समयदेखि चर्चामा छ । कहिले फिल्मको कथावस्तुलाई लिएर त कहिले स्टार कास्टका कारण । फिल्मको धमाकेदार टिजर समेत रिलिज भइसकेको छ । यसबीच, फिल्मका मेकरले ठूलो घोषणा गरेका छन् । अब फिल्मलाई दुई पार्टमा रिलिज गरिने भएको छ र दोस्रो पार्टको पनि छायांकन पूरा भइसकेको छ ।

फिल्म क्षेत्रका गतिविधि ठप्प हुँदा सबैभन्दा बढी समस्यामा प्राविधिकहरु परेका छन् । दैनिक फिल्ममा श्रम गरेर परिवारको गुजरा चलाउँदै आएका उनीहरु निषेधाज्ञापछि घरभित्रै सीमित छन् । जसले गर्दा प्रायः प्राविधिकको घरमा चुल्हो समेत बल्न छाडेको छ । फिल्म निर्माणका मेरुदण्ड मानिने प्राविधिकहरु समस्यामा परेको खबर सुनेपछि फिल्मकर्मीहरुबाट सहयोग जुटिरहेको छ ।

लभस्टोरी फिल्ममा आर्यन सिग्देल जति अरु अभिनेतालाई फिट मानिँदैन । ‘किस्मत, मेरो एउटा साथी छ, कसले चोर्यो मेरो मन, कोही मेरो, नोभेम्बर रेन, क्लासिक’ जस्ता फिल्ममा उनले गरेको अभिनयको आज पनि चर्चा हुने गरेको छ । उनले केही फिल्म आफ्नो ‘कम्फर्ट जोन’ भन्दा बाहिरको पनि गरे । तर, दर्शकले उनलाई लभर ब्वाईभन्दा बाहेकको भूमिकामा पटक्कै रुचाएनन् ।

अभिनेत्री यामी गौतम बैबाहिक जीवनमा बाँधिएकी छन् । उनले निर्देशक आदित्य धरसँग शुक्रवार लगनगाँठो कसेकी हुन् । यामी र आदित्यले सामाजिक सञ्जालको माध्यमबाट आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् । कोरोना महामारीका कारण उनीहरुको विवाह समारोह निकै छोटो राखिएको थियो भने दुई परिवारका सीमित व्यक्तिको मात्र उपस्थिति रहेको थियो ।

‘नेपाल चलचित्रकर्मी महासंघ’ ले प्रदेश १ मा चलचित्र विकास बोर्ड स्थापना गर्न प्रदेश सरकारसँग माग गरेको छ । चलचित्रकर्मी महासंघमा आवद्ध १५ वटा संस्थासँग छलफल पश्चात् बैशाख १५ गते सामुहिक रुपमा प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँगै विभिन्न मन्त्रालयलाई ‘चलचित्र पर्यटन क्षेत्रको रुपमा प्रदेश १, वार्षिक कार्य योजना प्रस्तावना पत्र’ बुझाइएको थियो ।

नेपाली फिल्म क्षेत्रको नियगमन निकाय चलचित्र विकास बोर्डले तीन हजार फिल्मकर्मीलाई कोरोनाविरुद्धको खोप माग गरेको छ । शुक्रवार बोर्डको कोभिड १९ व्यवस्थापन हेर्ने संयोजक तथा बोर्ड सदस्य राज कटुवालले खोपको माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र बुझाएका हुन् । फिल्मकर्मीलाई खोप उपलब्ध गराउन मन्त्रालय सकारात्मक देखिएको उनले बताएका छन् ।

