Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महामारीबीच अजयले किने ६० करोडमा नयाँ घर

एजेन्सी, मुम्बई, 2021/05/31
 
कोरोना महामारीको बीच पनि बलिउड सेलिब्रेटीहरुले लगातार प्रोपर्टीमा लगानी गरिरहेका छन् । जान्हवी कपूर, अर्जुन कपूर, ऋतिक रोशन, आलिया भट्ट र अमिताभ बच्चनपछि अब बलिउडका ‘सिंघम’ को रुपमा परिचित अजय देवगनले पनि नयाँ घर खरिद गरेका छन् । उनले जुहूमा भारतीय ६० करोडमा घर किनेका हुन् । यो घर अजयको निवासबाटै नजिकको दूरीमा छ । 
 
अजय देवगनको नयाँ प्रोपर्टी करीब ५३१० वर्गफिटमा फैलिएको छ । एक अंग्रेजी न्यूज वेबसाइटसँग कुराकानी गर्दै अजयका प्रवक्ताले जुहूमा अभिनेता देवगनले नयाँ घर किनेको पुष्टि गरेका हुन् । प्राप्त जानकारी अनुसार, अजय एक वर्षदेखि नयाँ घरको खोजीमा थिए । हाल बसिरहेको घरको रेनोभेसनको काम एक कम्पनीलाई दिएकाले उनी नयाँ घरमा सिफ्ट हुन चाहेका हुन् ।
 
पछिल्लो पटक फिल्म ‘तान्हाजी’ मा देखिएका उनको ‘सूर्यवंशी, गंगूबाई काठियावाडी, आरआरआर, मैदान, भुज : द प्राइड अफ इन्यिा, थ्यांक गड र मे डे’ फिल्मको प्रदर्शनको तयारीमा रहेका छन् । ‘मे डे’ लाई उनी आफैंले निर्माण तथा निर्देशन गरेका हुन् । हरेक प्रकारको भूमिकामा जीवन्त अभिनय गर्न सिपालु मानिने अजय देवगनलाई दर्शकले एक्सन भूमिकामा बढी रुचाएका छन् । 
Most Visited News (monthly)